Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २९ जेठ २०८२
प्रचलनमा:
ताजा अपडेट
अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर !

अछामको बयालपाटा अस्पताललाई आज थप १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

अछामको बयालपाटा अस्पताललाई आज थप १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

अछामको बयालपाटा अस्पताललाई आज थप १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।गैरआवासिय नेपाली संघ अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो । एनआरएनए अफ्रिकाको र दाताहरुको तर्फबाट स्थानिय समाजसेवी , तत्कालीन जिल्ला विकास समिति अछामका पुर्व सभापति , नेपाली कांग्रेस अछामका सभापति नेपाली काङ्ग्रेस अछामका सभापति भरतकुमार स्वारले १० थान सिलिन्डर बयालपाटा अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठक लाई हस्तान्तरण गर्नुभएको हो ।

यसका साथै तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत अछाम जिल्लामा ४० थान अक्सिजन सिलिन्डर पुर्याइएको छ । जस मध्य मंगलसैन स्थित जिल्ला अस्पताल लाई २० थान सिलिन्डर र बयालपाटा अस्पताल लाई २० थान सिलिन्डर हस्तान्तरण गरिएको अभियानमा सक्रिय नेपाल पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले जानकारी दिनुभएको छ ।

अछाम जिल्लामा ४० थान अक्सिजन सिलिन्डर आपूर्तिको लागि कैलालीको धनगढी स्थित परोपकारी संस्था ह्युमानिटी फाउण्डेसन नेपाल, गैर आवासीय नेपाली संघ नाइजेरिया, अफ्रिकाबाट रोशन थापा, अमेरिकाबाट बासुदेव अधिकारी, बिष्णु शाह, हेमबहादुर ठकुल्ला, मलेसिया बाट टेकबहादुर बुढा, दिनेश खडका खप्तडी, कतार बाट चन्द्र थापा, काठमाडौं स्थित जुपु मिलन केन्द्र, केवी मिठ्ठु रावल र दिवंगत सेवानिवृत्त प्रहरी नायव उपरीक्षक मोती सिंह धामीको परिवारको आर्थिक सहयोग रहेकोे थियो । धनगढी स्थित ह्युमानिटी फाउन्डेसन र जुपु मिलन केन्द्रको सहयोग तथा नेपाल पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाको समन्वय र ब्यवस्थापनमा अछाम जिल्लामा ४० थान अक्सिजन सिलिन्डर पुर्याइएको हो

प्रतिक्रिया