ताजा अपडेट
अछामको बयालपाटा अस्पताललाई आज थप १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण
अछामको बयालपाटा अस्पताललाई आज थप १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।गैरआवासिय नेपाली संघ अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो । एनआरएनए अफ्रिकाको र दाताहरुको तर्फबाट स्थानिय समाजसेवी , तत्कालीन जिल्ला विकास समिति अछामका पुर्व सभापति , नेपाली कांग्रेस अछामका सभापति नेपाली काङ्ग्रेस अछामका सभापति भरतकुमार स्वारले १० थान सिलिन्डर बयालपाटा अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठक लाई हस्तान्तरण गर्नुभएको हो ।
यसका साथै तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत अछाम जिल्लामा ४० थान अक्सिजन सिलिन्डर पुर्याइएको छ । जस मध्य मंगलसैन स्थित जिल्ला अस्पताल लाई २० थान सिलिन्डर र बयालपाटा अस्पताल लाई २० थान सिलिन्डर हस्तान्तरण गरिएको अभियानमा सक्रिय नेपाल पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले जानकारी दिनुभएको छ ।
अछाम जिल्लामा ४० थान अक्सिजन सिलिन्डर आपूर्तिको लागि कैलालीको धनगढी स्थित परोपकारी संस्था ह्युमानिटी फाउण्डेसन नेपाल, गैर आवासीय नेपाली संघ नाइजेरिया, अफ्रिकाबाट रोशन थापा, अमेरिकाबाट बासुदेव अधिकारी, बिष्णु शाह, हेमबहादुर ठकुल्ला, मलेसिया बाट टेकबहादुर बुढा, दिनेश खडका खप्तडी, कतार बाट चन्द्र थापा, काठमाडौं स्थित जुपु मिलन केन्द्र, केवी मिठ्ठु रावल र दिवंगत सेवानिवृत्त प्रहरी नायव उपरीक्षक मोती सिंह धामीको परिवारको आर्थिक सहयोग रहेकोे थियो । धनगढी स्थित ह्युमानिटी फाउन्डेसन र जुपु मिलन केन्द्रको सहयोग तथा नेपाल पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाको समन्वय र ब्यवस्थापनमा अछाम जिल्लामा ४० थान अक्सिजन सिलिन्डर पुर्याइएको हो
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया