ताजा अपडेट
अछाम सरोकार मंचद्वारा जिल्ला अस्पताल लाई स्वास्थ्य सामाग्री हस्तान्तरण
अछाम सरोकार मंचले जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आज बिहान अछाम सरोकार मंचका सचिव खेमराज ढुंगाना ले जिल्ला अस्पतालका मंगलसेनका प्रमुख एमडिजिपि डा. सोनाली बास्कोटालाई सर्जिकल माक्स २५०० पिस, ५०० एम. एल. ह्यान्ड सेनिटाईजर ५ पिस र पिपिई सेट ८ पिस लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको अछाम सरोकार मंचका सचिव खेमराज ढुंगानाले बताउनु भयो ।
केहि दिन अघी मात्र सामाजिक संजाल मार्फत गैरराजनितिक सोचका साथ जुटेको समूह अछाम सरोकर मंचले आगामी दिनमा पनि अछाममा यस्तै सहयोगी क्रियाकलाप गरिरहने अछाम सरोकार मंचका सदस्य सेत बहादुर भुलले बताउनु भयो ।
हस्तान्तरण कार्यक्रम मा अछाम सरोकार मंचका रुपक चन्द, जिल्ला अस्पताल अछामका डा अतुल भरत्वाज, जिल्ला अस्पताल अछामका सुचना अधिकारी गंगा बुढामगर लगाएतको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया