ताजा अपडेट
घर डढाएर खरानी बेच्न चाहने स्वप्नद्रष्टालाई कुरीकुरी !
कन्टिर–बाबूको मनमा कहिलेकाहीँ बडो अजिब–अजिब खयाल आउँछ । विभित्र–विचित्र कुरा सम्झिन्छन् ।
मैथिलीमा एक उखान छ– मा करए कुटान–पिसान आ बेटाक नाम दुर्गा दत्त । अर्थात्, आमाले मिहिनेत–मजदुरी गर्ने अनि छोरोचाहिँ सान देखाउँदै सडक चहार्ने । उही एक जमानामा डेजी बरायलीले गाएको ‘भैँसी लड्यो है माया’ गीतमा भनिएको पारा– छोरोचाहिँ है माया हिँड्दछ डुलेर !
कन्टिर–बाबूको दिमागमा आज यस्तै–यस्तै कुरा नाचिरहेको छ । अरे सपना त देख्न पाइयो नि ! जे–जे देखे पनि भयो । पूरा गर्नु नपर्ने सपनाको भुलभुलैयामा रमाउने वातावरण जति बनाए पनि भयो ।
तपाई अहिले सुनिरहनु भएको छैन ? चुरेको ढुङ्गा–गिट्टी बेचेर व्यापार घाटा कम गर्ने रे ! ओल्बाभन्दा भिजन भएका नेता नेपालमा अर्को छैनन् रे ! नेपालकै राष्ट्रपतिले पत्र लेखेका कारण अमेरिकाले नेपाललगायत एसियाका १६ देशलाई खोप सहयोग गर्ने निर्णय गरेको हो रे !
कन्टिर–बाबू यस्ता कुरा सुनेर पेट मिचिमिचि हाँस्छन् र कुरी–कुरी भन्छन् । अब कसैले अमेरिकामा बाख्रा हराएको सन्दर्भलाई कसैले नेपालमा स्याल कराएको सन्दर्भसँग ल्याएर जोड्छ भने कन्टिर–बाबू नहाँसेर पनि के गरुन् ?
अनि आफ्नो देशलाई मरुभूमि बनाएर अरू देशलाई हरियाली बनाउने सपना देख्ने, आफ्नै घर डढाएर खरानीको व्यापार गर्ने उद्देश्य राख्नेहरूलाई कुरीकुरी नभनेर कन्टिर–बाबूले के भनुन् ?
तथापि कन्टिर–बाबू तत्काल आफूलाई सम्हाल्छन् र अर्काको सपना देख्न पाउने अधिकारको सम्मान गर्छन् । कोही आफ्नो धरातलीय यथार्थ बिर्सेर चौतर्फी गुड्डी हाँक्दै हिँड्छ भने त्यसता अबुझ–सठहरू प्रति कन्टिरबाबू राम–राम भन्न सक्छन्, काँध थाप्न सक्दैनन् । बरू उल्लिखित मैथिली उखान सम्झिएर मन सम्झाउँछन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया