Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

उपमेयरमा ९९ मत, समानुपातिक सांसद, गुट फेरेर मन्त्री !

उपमेयरमा ९९ मत, समानुपातिक सांसद, गुट फेरेर मन्त्री !

स्थानीय तहको निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकामा उपमेयरमा पराजित भएकी रेणुका गुरुङ केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी छन् । 

उपमेयरमा उनलाई नेकपा एमालेकी ज्ञानमाया डंगोलसँग भएको प्रतिष्पर्धामा गुरुङले जम्मा ९९ मत प्राप्त गरेकी थिइन् । 

मधेसी जनअधिकार फोरमबाट उनी निर्वाचनमा होमिएकी थिइन् । उनै गुरुङलाई शुक्रबार प्रधानमन्त्री ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनाएका हुन् । त्यो पनि जनता समाजवादी पार्टी महन्थ ठाकुर र राजेन्द्र महतो समूहबाट ।

गुरुङलाई उपेन्द्र यादव नेतृत्वको पार्टीले सांसद बनाएको थियो । तर उनले अहिले पछिल्लो समय गुट परिवर्तन गरेर मन्त्री बनेकी हुन् ।

यसलाई टोखाकी उपमेयर डंगोलले ‘मतको अपमान’ भनेकी छन् ।

“साना पार्टीले मान्छे नपाएर त्यसबेला उमेदवार बनाए,” उनले भनिन्, “९९ मतमात्र पाएपनि उनैलाई सांसद बनाए अहिले मन्त्री बनाएछन्,” उनले भनिन्, “नेता रिझाएर पद पाउने समय रहेछ । त्यसैले मलाई अनौठो लागेको पनि छैन ।”

जनता समाजवादी पार्टीका एक सांसद भन्छन्, “उहाँलाई उपेन्द्र यादवले सांसद बनाउनुभएको हो । निर्वाचन आयोगमा बुझाएको सूचीमा उहाँको नाम अघि राख्ने विषयमा त्यसबेला पनि विवाद नभएको होइन तर उहाँले प्रभाव पार्न सफल हुनुभयो । पार्टीमा उहाँको कुनै योगदान छैन ।”

प्रतिक्रिया