ताजा अपडेट
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपद त्यागेका पूर्वमाओवादी बोहराको संघीय मन्त्री बन्ने चर्चा
शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण ७ वटा मन्त्रालयहरु खाली छन्। जसमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले आजै ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने तयारी थालेका छन्।
त्यसका लागि अहिले बालुवाटारमा छलफल चलिरहेको छ। मन्त्रालयको जिम्मेवारी पूर्वमाओवादीलाई समेत दिने गरी गृहकार्य भइरहेको एक नेताले बताएका छन्।
जसअन्तरगत सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीबाट निक्लिएका अछामका झपट बोहोराको नाम पनि मन्त्री बन्ने लिस्टमा रहेको ती नेताले हाम्रो बुलेटिनलाई बताएका छन्। पूर्वमाओवादी नेता बोहोरा अछामका हुन्।
यस्तै अछाम क्षेत्र नम्बर २ का एमाले पूर्वसांसद यज्ञबहादुर बोगटीको नाम पनि मन्त्री बन्नेहरुको सूचिमा रहेको बताइएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया