Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कंचनपुरमा जताततै सलहको झुन्ड

कंचनपुरमा जताततै सलहको झुन्ड

कंचनपुर

कंचनपुरमा पनि सलह भित्रिएको छ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासबाट सलह महेन्द्रनगर भित्रिएको हो । पुनर्वास नगरपालिका  देखिएको सलह शुक्रबार कृष्णपुर नगरपालिका,शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका हुँदै भिमदत्त नगरपालिकामा भित्रीएको छ। भिमदत्त  नगरपालिका सुन्दरपुर, उल्टाखाम लगायत अन्य ठाउँहारुमा सलह प्रवेश गरिसकेको छ । पुनर्वासमा देखिएको सलहको झुण्ड भिमदत्त नगरपालिका पुगिसकेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताए । उनले सलहको झुण्डलाई पिछा गरि भगाइरहेको बताए ।भट्टले भने, 'कृषि ज्ञान केन्द्रका प्राविधिकले विषादी समेत छरीरहेका छन र सबै मिलेर किसानसँगै सलह भगाउँदैछौं।'
अहिले सलहको झुण्ड बेदकोट नगरपालिका-९ स्थीत नयाँ गाउँ हुँदै भिमदत्त नगरपालिकामा  प्रवेश गरेको उनले बताए ।सलहले केही स्थानमा रुखका पात खाएको छ। अन्नबालीमा भए हाल सम्म क्षति गरेको छैन । किसानले सलह आकाशमै रहदा थाल ठटाएर र धूँवा निकालेर धपाईरहेका छ्न । सलहको प्रवेसले  किसानहरु चिन्तित बनेका छ्न ।उनिहरुले  लगाएको बाली सलहले नष्ट गर्न सक्ने भन्दै  किसानहरु चिन्तित बनेका हुन । सलह नियन्त्रणका लागि स्थानीय तहका कृषि शाखाका सम्पुर्ण  प्राविधिकलाई तयारी अवस्थामा बस्न आग्रह समेत गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख भट्टले बताए । धनगढी खबरबाट

प्रतिक्रिया

ट्रेन्डिङ