Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

सुर्खेतमा के भएको हो ? किन झमेलामा परिरहन्छन् ज्ञानेन्द्र शाही ?

सुर्खेतमा के भएको हो ? किन झमेलामा परिरहन्छन् ज्ञानेन्द्र शाही ?

ज्ञानेन्द्र शाही नाम चलेको दलका चर्चित नेता होइनन् । सामाजिक सञ्जालमा चर्को बोलेर लोकप्रियता कमाएका शाहीका हजारौं फ्यान छन् ।

तर, शाही बोलेर मात्र चर्चामा आउँदैनन्, उनीमाथि बेलाबेला सडकमै हुने ‘आक्रमण’ वा उनी संलग्न हुने झडपले पनि चर्चामा ल्याइरहन्छ । पछिल्लो पटक शाहीको समूहमाथि शुक्रबार राति गृहजिल्ला सुर्खेतमा आक्रमण भयो । यसअघि २०७६ असोजमा चितवनको चौबीसकोठीमा पनि उनीमाथि आक्रमण भएको थियो ।

आखिर किन पर्छन् उनी निशानामा ? शाहीको जिकिर छ, ‘मेरो लोकप्रियताबाट डराएर सत्ता पक्षका व्यक्तिहरुले नै ममाथि पटक–पटक आक्रमण गर्छन् ।’

सामाजिक अभियन्ताका रुपमा आफूलाई चिनाउने शाही निषेधाज्ञा र कोरोना महामारीबाट समस्यामा परेकाहरुलाई राहत बाँड्न भन्दै शुक्रबार सुर्खेत पुगेका थिए । त्यही क्रममा आफू र आफ्ना सहयोगीहरुमाथि शुक्रबार राति करिब ११ बजे वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा आक्रमण भएको शाहीको भनाइ छ । यो आक्रमणबाट उनका एक सहयोगीको टाउको फुटेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिन्छ ।

शाही सवार गाडीभन्दा अगाडि दुई जना युवक मोटरसाइकलमा थिए । सुरुमा उनीहरुलाई बाटो छेकेर आक्रमण गरिएको र आफू पुगेपछि घेरा हालेर आक्रमण गरिएको शाहीको भनाइ छ । ‘हाम्रै टोलीका एक जना साथीको घरमा खाना खाएर बजार फर्किने क्रममा बाटो छेकेर हाम्रो हत्या गर्ने योजनाअनुसार आक्रमण भयो,’ शाही भन्छन्, ‘आक्रमणकारीले आफ्नो मोबाइलमा फोटो हेर्दै आक्रमण गरेका थिए । शायद हाम्रो फोटो उनीहरुलाई पठाइएको थियो ।’

सुर्खेत प्रहरी प्रमुख राजेन्द्र भट्ट भने शाहीको समूहमाथि आक्रमण भएको नभई दुई पक्षबीच झडप भएको बताउँछन् । झडपमा संलग्न भएको भन्दै पाँच जनालाई नियन्त्रणमा लिएको भन्दै भट्टले भने, ‘दुई पक्षबीच झडप भएको थियो । प्रहरी टोलीले उहाँहरु (ज्ञानेन्द्र शाही समेत) लाई उद्धार गर्‍यो ।’

स्थानीय के भन्छन् ?

शुक्रबार ज्ञानेन्द्र शाहीसहितको समूहमाथि आक्रमण भएको घटनाको सन्दर्भमा स्थानीयसँग कुरा गरेको एक भिडियो वाईसीएल सुर्खेतका नेता पदम बनले फेसबुकमा पोष्ट गरेका छन् । त्यो भिडियोमा महिलाहरुले खर्कबहादुर बुढाको घरमा शाहीको समूहले भाले काटेर रक्सी सेवन गरेर फर्किएको बताएका छन् । अगाडि–अगाडि बाइकमा रहेकाहरुले स्थानीय नवराज गिरीलाई कुटपिट गरेपछि स्थानीयले प्रतिकार गरेको ती महिलाहरुको भनाइ छ ।

शाहीलाई आक्रमण गरेको आरोपमा प्रहरीद्वारा पक्राउ गरिएका स्थानीय पंखबहादुर सलामीकी श्रीमती भन्छिन्, ‘माथिबाट उहाँहरु हल्ला गर्दै आउनु भएको थियो । बाइक दायाँबायाँ गरेर (हातको इशाराले देखाउँदै) चलाउनुभाथ्यो । नवराज गिरीले दाइ के गरी बाइक चलाउनुभाको भन्दा तपाईंहरुको को हो ? हामी ज्ञानेन्द्र शाहीको मान्छे । हामी ठूलो मान्छे, ठूलो पदको हो भन्नुभयो ।’

ती महिला अगाडि भन्छिन्, ‘त्यही भन्दाखेरि ढुंगाले हान्नुभएछ र यहाँ चोट लाग्यो (निधार देखाउँदै) । त्यसरी उहाँहरुले हानेपछि साधारण जनताले हान्नु हुँदैन उहाँलाई ? उहाँहरुसँग जनता डराएर बस्ने हो ? नेता भनेर ठूलो कुरा गर्ने हो ?’

मोटरसाइकलमा आएकाहरुले गिरीलाई कुटपिट गरेको र गाडीमा आएकाले पनि आक्रमण गरेको ती महिलाको दाबी छ । त्यसपछि मात्र स्थानीयले प्रतिकार गरेको स्थानीय महिलाहरुको भनाइ छ । सुरुमा राहत बाँड्न आएको भनेर उनीहरुले भने पनि गाउँमा राहत नबाँडेको ती महिलाहरु बताउँछन् ।

शाही भन्छन्– मदिराको स्वाद पनि थाहा छैन

ज्ञानेन्द्र शाही भने आफूहरु राहत वितरणकै लागि सुर्खेत पुगेको, तर प्रहरीको संरक्षणमा सत्ता पक्षका व्यक्तिहरुले आक्रमण गरेको दाबी गर्छन् । शाही भन्छन्, ‘मेरो लोकप्रियता देखेर सरकार पक्षबाट प्रहरीको संलग्नतामा ममाथि आक्रमण भएको छ ।’

मदिरा सेवनबारे सोधिएको प्रश्नमा शाही भन्छन्, ‘मैले अल्कोहल सेवन गरेको छैन भनेर मसँग प्रदेश अस्पतालमा गरिएको रिपोर्ट छ । मेरो व्यक्तिगत जीवनको कुरा गर्नु हुन्छ भने मलाई अल्कोहलको स्वाद पनि थाहा छैन ।’

अघि भन्छन्, ‘मेरा समर्थक धेरै छन् । मेरो पपुलारिटी देखेर सत्तापक्षका मान्छे डराएका छन्, गृहजिल्लामा ज्ञानेन्द्र शाहीले हाम्रो राजनीति बर्बाद गरिदिन्छ, हामीले लुट्ने काम बर्बाद गरिदिन्छ । बरु यसलाई यही निस्तेज पार्नुपर्छ भनेर मेरोविरुद्ध लागिरहेका छन् ।’

उनले आफूलाई सुरक्षा ‘थ्रेट’ भएको दाबीसमेत गरे ।

ज्ञानेन्द्र शाहीको विगत

ज्ञानेन्द्र शाहीले भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउने गर्छन्, सरकारी कार्यक्रमहरुमा अनुगमन गर्न भन्दै पुग्छन् । उनको भिडियो युट्युबमा चर्चाको विषय बन्छ । निषेधाज्ञाको बेलामा खाद्यान्न र राहत पनि बाँडेको उनी बताउँछन् ।

यद्यपि उनी बेलाबेलामा विवादमा आउने गर्दछन् । २०७६ जेठमा साइबर अपराधको आरोपमा सुर्खेतबाट पक्राउ परेका थिए । उनले आफूलाई हिरासतमा यातना दिइएको आरोपसमेत लगाए । तर त्यो आरोपको प्रहरीले खण्डन गर्‍यो ।

२०७६ भदौमा नेपालगञ्जबाट काठमाडौं आउने क्रममा विमानभित्रै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गरेपछि उनी थप विवादमा आए । हवाईजहाजलाई कुराएर निर्धारित समयमा उड्न नदिएको भन्दै शाहीको समूहले भट्टराईलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरियो । भट्टराईले समयमा हवाईजहाज उड्न नसकेकोमा क्षमा मागेका थिए । सो घटनाबारे जानकारी दिन ललितपुरमा पत्रकार सम्मेलन गर्दा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।

२०७६ असोजमा उनीमाथि चितवनको चौबीसकोठीको एक कार्यक्रममा कुटपिट भएको थियो । भ्रष्टाचारविरोधी कार्यक्रम गर्दा तत्कालीन नेकपाका युवाहरुले शाहीलाई कुटपिट गरेका थिए ।

शाही आबद्ध भएको एक समूह ‘नेपालको लागि नेपाली अभियान’ले २०७६ मंसिर ११ मा उनलाई निष्कासन गर्‍यो । हाल शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ नामबाट गतिविधि गर्दै आएका छन् ।

प्रतिक्रिया