Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

सांसदले धम्काएपछि इन्स्पेक्टरले भने- श्याम थापा मगर है, बैदाममा कार्यरत छु!

सांसदले धम्काएपछि इन्स्पेक्टरले भने- श्याम थापा मगर है, बैदाममा कार्यरत छु!

सांसद श्रेष्ठ 'केपी सिस्टम छ, यति तानाशाह छ' भन्दै प्रहरी इन्स्पेक्टरतिर फर्कन्छन् र चोरी औंला देखाउँदै भन्छन्, 'तपाईंको हिसाबकिताब हुन्छ के।'

उनले हिसाबकिताब हुन्छ भनेपछि इन्स्पेक्टर जवाफ दिन्छन्, 'हुन्छ हुन्छ, श्याम थापा मगर है, बैदाममा कार्यरत छु।'

त्यसपछि इन्सपेक्टरलाई सांसद श्रेष्ठ फेरि भन्छन्, 'फुर्ती नछाटम्।'

फुर्ती छाटेको होइन सर, तपाईंले हिसाबकिताब भन्नुभयो नि,' छातीमा टाँसिएको आफ्नो नेमप्लेट देखाउँदै इन्स्पेक्टर भन्छन्, 'श्याम थापा मगर है।'

प्रस्तुत संवाद भएको भिडिओ शनिबार पोखरास्थित प्रदेश प्रमुखको निवासअगाडि खिचिएको हो। संवादमा सांसद श्रेष्ठले प्रहरी इन्स्पेक्टर श्यामलाई धम्काएको देखिन्छ भने इन्स्पेक्टरले प्रतिवाद गरेका छन्। 

श्रेष्ठ नेपाली कांग्रेसका समानुपातिक सांसद हुन्। नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको मन्त्रिपरिषदमा उनलाई पनि मन्त्री बनाउने तयारी छ।

थापा मगर भने पोखराको बैदाममा चार महिनाअघि मात्रै आएका इन्स्पेक्टर हुन्। पोखराको लेकसाइडस्थित यस कार्यालयलाई पोखराका सहरी क्षेत्रमा शान्ति सुरक्षाको जिम्मेवारी छ। शनिबार प्रदेश प्रमुखको निवासमा सुरक्षामा खटिँदा सांसद श्रेष्ठसँग उनको भनाभन भएको हो। 

प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकारको दाबी गर्न दिएको समयसीमा शनिबार दिउँसो ३ बजे सकिएको थियो। मुख्यमन्त्री दाबी गरेका कांग्रेससहित चार दल र स्वतन्त्र सांसद दीपक मनाङे प्रदेश प्रमुखको निवासअगाडि धर्ना दिन पुगे। सांसद श्रेष्ठसहित केही कांग्रेस सांसद प्रदेश प्रमुखको निवासमा छिर्न खोजे, तर प्रहरीले दिएन।

प्रदेश प्रमुखको निवासमा कसैलाई छिर्न नदिन आदेश भएकाले सांसदलाई पनि छिर्न नदिएको प्रहरी अधिकारीहरूको भनाइ छ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमाल र प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी चिनिमाया तामाङले सांसदहरूलाई सम्झाइबुझाइ गरेका थिए। डिएसपी हमालले सांसदहरूलाई आश्वस्त पार्दै भने, 'हामीलाई आदेश छैन सर, तपाईंहरूले बुझिदिनुपर्‍यो।'

त्यसपछि कांग्रेस गठबन्धनका सांसद गेटअगाडि धर्ना बसेका थिए।

इन्स्पेक्टर श्यामलाई सांसदले थर्काएको भिडियो भाइरल भएको आफूले पनि देखेको प्रवक्ता हमालले बताए। 'माननीयज्यूले किन थर्काउनुभयो, थाहा भएन,' उनले भने, 'माननीयज्यूले हिसाबकिताब हुन्छ भन्नुभयो, इन्स्पेक्टरले जवाफ दिनुभएको हो, सामान्य भनाभन हो।'

इन्स्पेक्टरलाई थर्काएका सांसद श्रेष्ठले भने प्रहरी अधिकृतको 'मान्यसँग बोल्ने तरिका' नभएको बताए।

'मान्य (माननीय) को बोली नराम्रो छ कि राष्ट्रसेवक कर्मचारीले मान्यसँग बोल्ने शैली नराम्रो छ त्यो हेरिदिनुपर्‍यो,' उनले सेतोपाटीसँग भने, 'मेरो भनाइ तपाईंको मिडियामा छाप्दिनुपर्‍यो।'

सांसद श्रेष्ठले नजिकै नातेदारको घरमा गएर पिसाब फेरेर फर्किँदा प्रहरीले आफूलाई धर्नामा जान नदिएको दाबी गरे। उनले भने, 'धर्नामा बसेका छौं, नारा जुलुसमा। उसले छेक्न हुन्न नि माननीय भनेपछि। त्यसले जान दिएन। हात हालेको छैन। बढी हुने होइन, हिसाबकिताब राखेको छु भनेकै हो। पुलिसले मान्यलाई त्यसो भन्ने हो? मान्यसँग बोल्ने तरिका त्यही हो?' 

सांसद भएर प्रहरीलाई यसरी थर्काउन मिल्छ भन्ने प्रश्नमा श्रेष्ठले उक्त घटना सामान्य नै भएको बताए।

'जुलुस, नारामा को के बोल्छ, त्यो त भइहाल्छ, मैले नर्मल मानेको छु,' उनले भने, 'लोकतन्त्रमा बोल्न पाइन्छ, कुन परिस्थितिमा भएको त्यसलाई सत्यतथ्य रूपमा हेर्नुपर्‍यो।' 

कास्की प्रहरी प्रवक्ता डिएसपी हमालले शान्ति सुरक्षा दिने आफूहरूको कर्तव्य भएको र शनिबार पनि त्यही गरेको बताए।

'प्रदेश प्रमुखको ठाउँमा कुन पार्टीको भन्दा पनि हाम्रो काम त शान्ति सुरक्षा दिने हो, ओदश पालना गर्ने हो,' हमालले भने, 'मुख्यमन्त्री जुनसुकै दलका आए पनि हाम्रो काम त सुरक्षा दिने नै हो नि, त्यसरी सोच्नुपर्छ।'

प्रतिक्रिया