Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

उच्च अदालतले मुख्यमन्त्री शेरधन राईलाई भन्यो– एक वर्ष कैद किन नगर्ने ?

उच्च अदालतले मुख्यमन्त्री शेरधन राईलाई भन्यो– एक वर्ष कैद किन नगर्ने ?

विराटनगर उच्च अदालतले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई अदालतको अवहेलना गरेको भन्दै किन कारबाही नगर्ने भनेर जवाफ मागेको छ । आइतबार उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज ढकाल र मिलनकुमार राईको संयुक्त इजलासले ७ दिनभित्र लिखित जवाफ माग गरेको छ ।

अधिवक्ता विनोदप्रसाद साहले अदालतको अवहेलना मुख्यमन्त्री राई, समाजिक विकास मन्त्री उशाकला राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिकाका मेयस भीम पराजुलीलाई कारबाही गर्न माग गरिएको थियो । अधिवक्ता शाहले उनीहरूलाई अदालतको अवहेलनामा न्याय प्रशासन ऐन २०७३ को दफा १७(४) अनुसार एक वर्ष कैद र १० हजार जरिवाना गर्न माग गरेका छन् । गत १९ जेठमा विराटनगर उच्च अदालतले निषेधाज्ञाका बेलामा २४ घण्टाभित्रमा राहत दिन भन्दै प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिएको थियो । उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश राजनप्रसाद भट्टराईको संयुक्त इजलासले प्रदेश १ सरकारलाई २४ घण्टा भित्र राहत उपलब्ध गराउन आदेश दिएको थियो । निषेधाज्ञाका बेला राहत सामग्री आवश्यक परेकालाई तत्काल छानबिन गरी २४ घण्टाभित्र उपलब्ध गराउन आदेश भनेको थियो ।

अधिवक्ता साहले कोरोना निषेधाज्ञाले मजदुरहरू थप समस्याबाट गुज्रिरहेको र गत वर्षको लकडाउनमा १ हजार ३ सय ५० जनाले आत्महत्या गरेको रिटमा उल्लेख गरेका थिए । सरकारले गरिबका लागि राहत नदिएको र निषेधाज्ञाबाट ‘घरभित्रै बस र मर’ भनेजस्तो गरेको रिटमा उल्लेख छ । उच्च अदालत विराटनगरले प्रत्येक पालिकामा राहत कोष खडा गर्न र वडा–वडामा सार्वजनिक राहत वितरण केन्द्र स्थापना गर्न पनि आदेश दिएको छ ।

अदालतले प्रत्येक पालिकामा राहत कोष र वडामा सार्वजनिक राहत वितरण केन्द्र स्थापना गरी विना भेदभाव पारदर्शी रूपमा निःशुल्क वितरण गर्न आदेश दिएको थियो । यसको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्काल राहत सामग्रीका लागि अनुरोध गर्न आउनेलाई जाँचबुझ गरी २४ घण्टाभित्र राहत उपलब्ध गराउनु आदेशमा भनिएको थियो । तर प्रदेश सरकारले सो आदेशको टेरपुच्छर नलगाएपछि अवहेलनाको मुद्दा दायर भएको थियो ।

 

प्रतिक्रिया