ताजा अपडेट
सङ्क्रमित सङ्ख्या निरन्तर ओरालो
कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । विगत २४ घण्टामा थप दुई हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ९९४ जना सङ्क्रमणबाट मुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ लाख नौ हजार १८५ पुगेको छ । कोरोना निको हुनेको सङ्ख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ ।
विगत २४ घण्टामा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कारोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ४१२ पुगको छ । नेपालमा हालसम्म ३२ लाख १४ हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबार सात हजार ५१७ जनाको पीसीआर र चार हजार ८८९ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको जानकारी दिए । कुल १२ हजार ४०६ जनाको परीक्षण गरिएको मा दुई हजार ४०७ जनालाई कोरोना पुष्टि भएको हो ।
विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ६५३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौ ँमा ४८३, भक्तपुर मा ५८ र ललितपुमा ११२ जना सङ्क्रमित थपिएका हुन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया