Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

युवा संजाल र ब्ल्याक एन्जल्स साँफेबगरका युवाहरुले गरे बयलपाटा अस्पतालमा रक्तदान

युवा संजाल र ब्ल्याक एन्जल्स साँफेबगरका युवाहरुले गरे बयलपाटा अस्पतालमा रक्तदान

बयलपाटा अस्पतालमा रक्तदान गरिएको छ। अस्पतालमा रगतको अभाव बढ्दै गए पछि विश्व रक्तदाता दिवसको अवसरमा युवा संजाल साँफेबगरको आयोजना, साँफेबगर स्थित बल्याक एन्जल युवा क्लबका पदाधिकारीहरु लगाएत अन्य युवाहरुको सहकार्यमा रक्तदान गरिएको हो।

विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको यूवा संजालले यो भन्दा अघि पनि नगरपालिकाका विभिन्न वडा तथा बयालपाटा अस्पतालमा रत्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ। रक्तदान गर्न आएका २६ जना युवाहरु मध्ये १५ जनाबाट एक/एक पिन्ट गरी १५ पिन्ट रगत संकलन गरिएको छ।

उपस्थित मध्ये ११ जनाबाट अस्पतालमा रगतको अभाव भए पछि जुनसुकै बेला पनि रगत संकलन गर्न सकिने गरी सम्पर्कमा राखिएको युवा संजाल साँफेबगरका अध्यक्ष भुपेन्द्र भण्डारीले बताउनु भयो। रक्तदानमा सहभागी  युवाहरुले आफुले रक्तदान गर्न पाएकोमा खुसि व्यक्त गरेका छन्।  अस्पतालमा अप्रेशन गरेर बच्चा जन्माउने, सुत्केरी हुँदा धेरै रगत बगेर जीवन मरणको दोसाँधमा परेकाहरुको लागि आवश्यक पर्ने रगत अभाव हुन नदिनका लागि रगत दान गरेको कार्यक्रममा सहभागि योगेश कुँवरले बताउनु भयो । साथै आफूहरु आगामी दिनमा पनि रगतको अभाव हुन नदिनका लागि पहल गर्ने उहाले प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया