Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २९ भदौ २०८१
प्रचलनमा:
ताजा अपडेट
अछाम बाजुरा रुटका संयुक्त बस व्यवसायी द्धारा चार बुँदे माग पेश अछाम बाजुरा रुटका संयुक्त बस व्यवसायी द्धारा चार बुँदे माग पेश स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा सांफेबगर पहिलो स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा सांफेबगर पहिलो बझाङ पहिरोमा बेपत्ता चार जनाको शव फेला बझाङ पहिरोमा बेपत्ता चार जनाको शव फेला मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको पहलमा हवाई उद्दार मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको पहलमा हवाई उद्दार “युवा देशको सबैभन्दा ठूलो शक्ति हो”, सामाजिक विकास मन्त्री खड्का “युवा देशको सबैभन्दा ठूलो शक्ति हो”, सामाजिक विकास मन्त्री खड्का मेघराज खडकाः शिक्षकदेखि सामाजिक विकास मन्त्रीसम्म मेघराज खडकाः शिक्षकदेखि सामाजिक विकास मन्त्रीसम्म पहिलो पटक मन्त्री बन्दै महामन्त्री खड्का, आजै सपथ लिने, यस्तो छ खड्काको राजनितिक यात्रा पहिलो पटक मन्त्री बन्दै महामन्त्री खड्का, आजै सपथ लिने, यस्तो छ खड्काको राजनितिक यात्रा बुढीगंगा नदि नजिकैको पुलबजारमा बाढी पस्यो बुढीगंगा नदि नजिकैको पुलबजारमा बाढी पस्यो एउटै विद्यालयमा ४१ बर्ष ७ महिना अध्यापन गराएर अवकास लिएका शिक्षक ललित बहादुर कुँवर एउटै विद्यालयमा ४१ बर्ष ७ महिना अध्यापन गराएर अवकास लिएका शिक्षक ललित बहादुर कुँवर मुख्यमन्त्री सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर मुख्यमन्त्री सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर

सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७ जनाको मृत्यु

सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७ जनाको मृत्यु

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।

प्रतिक्रिया