Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

मेलम्चीदेखि बाजुरासम्म बाढी-पहिरो, कहाँ के भइरहेको छ?

मेलम्चीदेखि बाजुरासम्म बाढी-पहिरो, कहाँ के भइरहेको छ?

यसपालि असारको पहिलो दिनमै देशका विभिन्न स्थानमा बाढी-पहिरो भौतिक र मानवीय क्षति पुर्‍याएको छ। मनसुन सुरू भएसँगै लगातार परेको पानीले सिन्धुपाल्चोकदेखि  बाजुरासम्म  बाढी-पहिरो आएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाजुरामा दुई जना बगेर बेपत्ता भएका छन्, गोरखामा एक जनालाई खोलाले बगाएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले दिएको जानकारी अनुसार हेलम्बु गाउँपालिकामा मंगलबार साँझ आएको बाढीमा परी ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यहाँ केही मानिसहरू बेपत्ता भएका छन्।

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बजारमा क्षति पुर्‍याएको छ। बाढीका कारण होटल छतमा फसेका दुई जनालाई बुधबार नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ।

यसैगरी लमजुङको दोर्दीखोलामा मंगलबार साँझ आएको बाढीले हिलेबजारका १३ घर बगाएको छ।

स्थानीय क्षितिज लामाका अनुसार मंगलबार साँझ ६ बजेदेखि बजारमा खोला पसेको थियो। रातभरि खोलाले बजारका घरहरू बगाउन थालेको र अहिले पनि जारी रहेको उनले बताए।

‘कोही त मेला गएका थिए, साँझ घर आउँदा बगाइसकेको थियो’, लामाले भने, ‘राति घर बगाउँदा मान्छे भागेर ज्यान जोगाए, सामान निकाल्न पाएनन्।’ बाढीले भत्काउन लागेका घरका सामान निकाल्न आफूहरू लागिपरेको उनले बताए।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले हिलेबजारका स्थानीयको उद्धारमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली खटाएको बताए।

मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ। बुधबार बिहानै पहिरो झरेर नदी थुनिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले  जानकारी दिए। नदी थुनिएपछि चामे र ताल गाउँलगायत तल्लो तटीय क्षेत्रमा झन् जोखिम बढेको सिडिओ लामिछानेले बताए।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङका अनुसार बाढी पहिरोले मनाङको चामे र तालगाउँमा ५ सय जना मानिस विस्थापित भएका छन्।

अविरल वर्षासँगै आएको पहिरोले ठाउँ-ठाउँमा सडक अवरूद्ध भएको छ।

केन्द्रका प्रमुख तामाङका अनुसार अहिले पर्वत-बाग्लुङ, बेशीसहर-मनाङ, बुटवल-तानसेन, गोरुसिंङे-सन्धिखर्क सडक  खण्डमा पहिरो खसेको छ। त्यस्तै सल्यानको कपुरकोटमा पहिरोले सडक अवरूद्ध भएको छ भने  साँफे-मार्तडी सडकमा ठाउँ-ठाउँमा पहिरो खसेको छ, त्यस्तै जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीमा पहिरोले बाटो रोकेको छ।

पूर्व-पश्चिम राजमार्गको देवदहमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भइरहेको प्रमुख तामाङले जानकारी दिए।

बाढी-पहिरोको बितन्डाले पीडित भएका नागरिकलाई सरकारले राहत दिने भएको छ।

'अहिले हामी मनाङ र मेलम्चीमा गैरखाद्यान्न सामग्रीहरू पठाउँदै छौं,’ प्रमुख तामाङले भने।

मनाङमा विस्थापित भएका पाँच सय बढीलाई सेनाको हेलिकप्टरबाट त्रिपाललगायत सामान पठाउन लागिएको उनले जानकारी दिए।

यसैबीच मौसमविद्हरूले अझै १/२ दिन बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सचेतता अपनाउन आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका थोरै स्थानमा आज-भोलि धेरै भारी वर्षा हुने सम्भावना छ।

पछिल्लो २४ घन्टामा देशभरि सबैभन्दा धेरै पानी पोखरामा ११० मिलिमिटर परेको छ भने भैरहवामा ८२, धनगढीमा ५२, घोराहीमा ५० मिलिमिटर वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया