Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

लक्ष्मीलाई जिउँदै जलाउन खोज्ने श्रीमान् पक्राउ

लक्ष्मीलाई जिउँदै जलाउन खोज्ने श्रीमान् पक्राउ

डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाएर मार्न खोज्ने श्रीमान भाटलाई कञ्चनपुुरको त्रिनगर भन्सार नाकाबाट सोमबार राति पक्राउ गरिएको हो।

पक्राउ परेका भाटलाई आज जिल्ला अदालत डोटीबाट छ दिनको हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।लक्ष्मीका श्रीमान भाटले गत जेठ १२ गते आफ्नै घरमा सुतिरहेको बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा उनीसहित नावालक छोरी जलेर गम्भीर घाइते भएकी थिइन्।

छोरी र श्रीमती घाइते भएलगत्तै फरार भएका भाटलाई कैलाली र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।फरार रहेका भाटले प्रयोग गर्ने टेलिफोनको कल डिटेलका आधार र मोबाइल ट्रयाकिङ्बाट उनलाई पक्राउ गर्न सहज भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्र थापाले बताए।

घाइते लक्ष्मीलाई तत्कालीन वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा गएको गत जेठ १७ गते हेलिकप्टरबाट काठमाडौ ल्याइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।अहिले लक्ष्मीको स्वास्थ्य अवस्थामा निकै सुधार आएको उपचारमा सम्लग्न अस्पतालका चिकित्सकद्धय डा सुरेन्द्र बस्नेत र डा प्रकृति ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया