Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मेलम्ची खानेपानी आयोजना स्थलमा फसेका ३७ जनाको उद्धार

मेलम्ची खानेपानी आयोजना स्थलमा फसेका ३७ जनाको उद्धार

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण फसेकाहरुको उद्धार जारी छ। मेलम्ची खानेपानी आयोजना स्थलमा रहेका ३७ जना मजदूरको उद्धार गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी  बाबुराम खनालले बताए। केही मजदूर घाइतेसमेत रहेकाले उपचारका लागि धुलिखेल अस्पताल लगिएको उनको भनाइ छ।

मेलम्ची बजारमा घर भत्कँदा पुरिएका दुई जना तथा होटलमा फसेका अन्य दुईको समेत उद्धार गरी सुरक्षित स्थलमा लगिएको उनले बताए।

अविरल वर्षासँगै खोलामा पानी बहाव निरन्तर  बढिरहेकाले अझै पनि खोला थुनिएको स्थानसम्म पुग्न नसकिएको बताउँदै खनालले घटनाको ययार्थ विवरण आउन केही समय लाग्ने बताए।

बाढीपछि मेलम्चीस्थित रोज होटलमा फसेका दुई युवाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। होटलमा थुनिएका उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार विहान उद्धार गरिएको थियो।

धेरै जना हराएको तथा बाढीमा फसेको बताइए पनि हालसम्म आठ जना हराएको पुष्टि भएको र एक जनाको शव भेटिएको उनले जानकारी दिए।

मंगलबार साँझबाट आएको बाढीले मेलम्ची खानेपानीको आयोजना स्थलसँगै सिन्धुपाल्चोकका तिम्बु, चनौटे, तालामाराङ, मेलम्चीलगायत बजारमा भोतिक तथा मानवीय क्षति पुगेको छ।

तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ। मेलम्चीमा हिजो साँझदेखि बाढी गए पनि राति भएकाले गृह मन्त्रालयले हेलिकोप्टर पठाउन सकेको थिएन। बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर पुगेको हो।

सदरमुकाम चौतारा र काभ्रेको धुलिखेलबाट गरी २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ।

प्रतिक्रिया