Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मेलम्ची खानेपानी आयोजना स्थलमा फसेका ३७ जनाको उद्धार

मेलम्ची खानेपानी आयोजना स्थलमा फसेका ३७ जनाको उद्धार

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण फसेकाहरुको उद्धार जारी छ। मेलम्ची खानेपानी आयोजना स्थलमा रहेका ३७ जना मजदूरको उद्धार गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी  बाबुराम खनालले बताए। केही मजदूर घाइतेसमेत रहेकाले उपचारका लागि धुलिखेल अस्पताल लगिएको उनको भनाइ छ।

मेलम्ची बजारमा घर भत्कँदा पुरिएका दुई जना तथा होटलमा फसेका अन्य दुईको समेत उद्धार गरी सुरक्षित स्थलमा लगिएको उनले बताए।

अविरल वर्षासँगै खोलामा पानी बहाव निरन्तर  बढिरहेकाले अझै पनि खोला थुनिएको स्थानसम्म पुग्न नसकिएको बताउँदै खनालले घटनाको ययार्थ विवरण आउन केही समय लाग्ने बताए।

बाढीपछि मेलम्चीस्थित रोज होटलमा फसेका दुई युवाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। होटलमा थुनिएका उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार विहान उद्धार गरिएको थियो।

धेरै जना हराएको तथा बाढीमा फसेको बताइए पनि हालसम्म आठ जना हराएको पुष्टि भएको र एक जनाको शव भेटिएको उनले जानकारी दिए।

मंगलबार साँझबाट आएको बाढीले मेलम्ची खानेपानीको आयोजना स्थलसँगै सिन्धुपाल्चोकका तिम्बु, चनौटे, तालामाराङ, मेलम्चीलगायत बजारमा भोतिक तथा मानवीय क्षति पुगेको छ।

तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ। मेलम्चीमा हिजो साँझदेखि बाढी गए पनि राति भएकाले गृह मन्त्रालयले हेलिकोप्टर पठाउन सकेको थिएन। बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर पुगेको हो।

सदरमुकाम चौतारा र काभ्रेको धुलिखेलबाट गरी २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ।

प्रतिक्रिया