ताजा अपडेट
नौ जनाको शव भेटियो, ५५ भन्दा बढि अझै बेपत्ता, ३०० घरहरु पुरिए
हिजो अपरान्हदेखि परेको अविरल वर्षासँगै भिषण बाढीको चपेटामा परेको सिन्धुपाल्चोकको इन्द्रावती नदिको तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएको विवरण प्राप्त भएको छ । घटनास्थलको हवाई अवलोकन गरेर फर्केका स्थानीय पत्रकार रामचन्द्र दुलालका अनुसार हालसम्म नौ जनाको श’व भेटिएको छ भने हेलम्बुदेखि दोलालघाटसम्मका ३०० भन्दा बढि घरहरु डुबानमा परेका छन् ।
सबैभन्दा बढि क्षति मेलम्ची बजारमा भएपनि हेलम्बु, चनौटे, तिउल, ग्याल्थुङ, तारामाराङ, मेलम्ची, बाहुनेपाटी, सिपाघाट, दोलालघाट सम्मका नदि किनारामा क्षेत्रका घर, खेत, बारीहरु नष्ट गरेको जनाएको छ ।
आजै विहान घ’ट’नास्थलको अवलोकन गर्न पुगेको सो क्षेत्रका निवर्तमान सांसद मोहन बस्नेतलाई स्थानीयबासीले ५५ जना अझै बेपत्ता भएको जानकारी गराएका हुन् । सो क्षेत्रका विभिन्न स्थानमा ९ जनाको शव भेटिएको जानकारी स्थलगत अवलोकन गरेर फर्केर आएको टोलीले बीमा पोष्टलाई जानकारी गराएको छ ।
‘घ’ट्’नास्थल निकै भ’यावह र ड’रलाग्दो छ, अवस्था निरिक्षण गरेर फर्केको छु, अब सहयोग जुटाएर आजैसाँझसम्म जनताको सेवामा फर्कने तयारी गर्दैछु ।’ निवर्तमान सांसद बस्नेतले भने । मेलम्चीभन्दा माथिको क्षेत्रहरु हेलम्बु, चनौटे, तिउल लगायतका क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीले हेलम्बुदेखि सिन्धुपाल्चोकको सिपाघाट हुँदै काभ्रेको दोलालघाटसम्म क्षति पुर्याएको पाइएको छ ।
नदिको माथिल्लो तटीय क्षेत्रमा बढि र तल्लो तटीय क्षेत्रमा कम भएपनि दोलालघाटका सयौं विघा धान खेत बगरमा परिणत भएको स्थलगत अवलोकनको क्रममा फेला परेको छ ।
इन्द्रावती नदिमा आएको बाढीका कारण सो नदिको तटीय क्षेत्रमा आएको बाढीका कारण अर्बौ रुपैयाँको भौतिक क्षति पुगेको छ । यद्यपि ग्रामिण भेगमा बीमाबारे पर्याप्त जनचेतना नहुँदा धेरैले बीमा नै नगरेकोले ठूलो मात्रामा बीमा दावी पर्ने सम्भावना छैन । यद्यपि कैयौं पक्कीघरहरु समेत कामै नलाग्ने गरी पुरिएकोले बीमा दावी पर्ने सम्भावना भने रहेको बीमा कम्पनीहरुल जनाएका छन् । सञ्चार सम्पर्क बिच्छेद भएकोले बीमा दावी परि नसकेको सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्रीले जानकारी दिए ।
स्थानीयबासीले बैंकबाट ऋण लिएर घर बनाएको हुँदा बैंकबाट ऋण लिँदा कतिपय बैंकले बीमा अनिवार्य गरेका कारण बीमा दावी पर्ने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया