Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामका विभिन्न पालिका स्वास्थ्य चौकीमा युवा सुचना मञ्च बाँके द्वारा स्वास्थ्य सामाग्री वितरण

अछामका विभिन्न पालिका  स्वास्थ्य चौकीमा युवा सुचना मञ्च बाँके द्वारा स्वास्थ्य सामाग्री वितरण

युवा सुचना मञ्च बाँकेले अछाम जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गर्न थालेको छ । मञ्चको पहलमा अछामका विभिन्न ठाँउमा कोभिड १९ को प्रतिकार्यका लागि स्वास्थ्य समाग्री प्रदान गर्ने अभियान सुरु भएको हो । अभियान अन्र्तगत जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्त्ररण गरिएको छ ।

नेप्लीज अमेरिकन च्याम्वर अफ कमर्श डल्लास टेक्ससको आर्थिक सहयोग र युवा सुचना मञ्च बाँकेको आयोजना तथा व्यावस्थापनमा सुचना मञ्च अछामका अध्यक्ष राधा आर्चाय ढकाल र नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार वेदप्रकाश तिमिल्सैनाले उक्त सामाग्री नगरपालिकाको स्वास्थ्य शाखालाई प्राप्त हुने गरि नगर प्रमुख अम्बिका चलाउने र प्रशासकीय अधिकृत पदम माझीलाई हस्तान्त्ररण गरे । उक्त सहयोगले नगरपालिकाका स्वास्थ्यकर्मी र अन्य कर्मचारी तथा जनप्रतिनिधीलाई जनताको सेवामा सर्मपित हुन राहत हुने नगर उपप्रमुख अम्बिका चलाउनेले बताईन् ।

सहयोगका लागि उनले युवा सुचना मञ्च बाँकेलाई धन्यवाद समेत व्यक्त गरिन् । स्वास्थ्य सुरक्षाका सामाग्रीमा मास्क, हेण्ड सेनिटाईजर, पिपिई, फेस सिल्ड लगायतका सामाग्री रहेका छ्न । एक साता देखिको निरन्तर बर्षाले मौसम अनुकुल नहुदाँ पनि मञ्चले स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिरहेको छ । उक्त स्वास्थ्य सामाग्रीका लागि अमेरिका स्थित नेप्लीज अमेरिकन च्याम्बर अफ कर्मस डल्लास र समाजसेवी बाल जोशीको सहयोग रहेको मञ्चले जनाएको छ । मञ्चले जिल्ला अस्पताल, बयालपाटा अस्पताल र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा समेत स्वास्थ्य सामाग्री वितरण गर्ने यसको व्यावस्थापन, समन्वय र सहजिकरण गरिरहेका नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार वेदप्रकाश तिमिल्सैनाले बताए ।

प्रतिक्रिया