Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछामका विभिन्न पालिका स्वास्थ्य चौकीमा युवा सुचना मञ्च बाँके द्वारा स्वास्थ्य सामाग्री वितरण

अछामका विभिन्न पालिका  स्वास्थ्य चौकीमा युवा सुचना मञ्च बाँके द्वारा स्वास्थ्य सामाग्री वितरण

युवा सुचना मञ्च बाँकेले अछाम जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गर्न थालेको छ । मञ्चको पहलमा अछामका विभिन्न ठाँउमा कोभिड १९ को प्रतिकार्यका लागि स्वास्थ्य समाग्री प्रदान गर्ने अभियान सुरु भएको हो । अभियान अन्र्तगत जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्त्ररण गरिएको छ ।

नेप्लीज अमेरिकन च्याम्वर अफ कमर्श डल्लास टेक्ससको आर्थिक सहयोग र युवा सुचना मञ्च बाँकेको आयोजना तथा व्यावस्थापनमा सुचना मञ्च अछामका अध्यक्ष राधा आर्चाय ढकाल र नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार वेदप्रकाश तिमिल्सैनाले उक्त सामाग्री नगरपालिकाको स्वास्थ्य शाखालाई प्राप्त हुने गरि नगर प्रमुख अम्बिका चलाउने र प्रशासकीय अधिकृत पदम माझीलाई हस्तान्त्ररण गरे । उक्त सहयोगले नगरपालिकाका स्वास्थ्यकर्मी र अन्य कर्मचारी तथा जनप्रतिनिधीलाई जनताको सेवामा सर्मपित हुन राहत हुने नगर उपप्रमुख अम्बिका चलाउनेले बताईन् ।

सहयोगका लागि उनले युवा सुचना मञ्च बाँकेलाई धन्यवाद समेत व्यक्त गरिन् । स्वास्थ्य सुरक्षाका सामाग्रीमा मास्क, हेण्ड सेनिटाईजर, पिपिई, फेस सिल्ड लगायतका सामाग्री रहेका छ्न । एक साता देखिको निरन्तर बर्षाले मौसम अनुकुल नहुदाँ पनि मञ्चले स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिरहेको छ । उक्त स्वास्थ्य सामाग्रीका लागि अमेरिका स्थित नेप्लीज अमेरिकन च्याम्बर अफ कर्मस डल्लास र समाजसेवी बाल जोशीको सहयोग रहेको मञ्चले जनाएको छ । मञ्चले जिल्ला अस्पताल, बयालपाटा अस्पताल र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा समेत स्वास्थ्य सामाग्री वितरण गर्ने यसको व्यावस्थापन, समन्वय र सहजिकरण गरिरहेका नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार वेदप्रकाश तिमिल्सैनाले बताए ।

प्रतिक्रिया