Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

वलिगाउकी क्यान्सर पिडित राधा रावलद्धारा उपचारका लागी सहयोग गरिदिन अपिल

वलिगाउकी क्यान्सर पिडित राधा रावलद्धारा उपचारका लागी सहयोग गरिदिन अपिल

अछाम क्यान्सर पिडित मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउकी एक महिलाको उपचारमा आर्थिक अभाब पछी सार्वजनिक रुपमा सहयोगको अपिल गर्नु भएको छ । क्यान्सर रोगले पिडित नियमीत उपचार गराईरहेकी राधा रावलले उपचारमा दिन दिनै आर्थिक समस्या थपिदै गएपछी सार्वजनिक रुपमा आफ्नो ज्यान बचाई दिनका लागी देश तथा बिदेशका सबै नेपालीहरुमा आर्थिक सहयोग जुटाइदिन सार्वजनिक अपील गरेकी हुन् ।

श्रीमान तपेन्द्र रावल भारतमा नोकरी गर्दै आएकाले भारतको मुम्बई स्थित टाटा मेमोरियल क्यान्सर अस्पतालमा नियमीत उपचार जारी रहेकाले आफ्नो आर्थिक अबस्था समेत कमजोर रहेकाले उपचारमा सहयोग गर्न सबैलाई सार्वजनिक अनुरोध गर्नु भएको हो । भारतमा दैनिक जसो आफुले मजदुरी गरि जिविकोपाजर्न गरिरहेका बेला आफ्नो ३३ बर्षिया श्रीमती राधा रावललाई एक्कासी क्यान्सर रोग देखा परेकाले विगत ७ महिनादेखि भारतमै उपचार गराईरहेको उनका श्रीमान तपेन्द्र रावलले बताए । श्रीमान तपेन्द्रका अनुसार श्रीमती लामो समयदेखि अल्सरको बिरामी रहेको र हाल अल्सर बिग्रेर क्यान्सरबाट पीडित बनेकी हुन ।

क्यान्सर जस्तो प्राणघातक रोग भएकोले चिकित्सकले तुरुन्तै अप्रेसन गर्न सल्लाह दिएको तर यतिबेला अप्रेसनका लागि आफुसँग रकमको निकै अभाव भएको रावलको भनाइ छ । चिकित्सकको सल्लाह बमोजिम तुरुन्त अप्रेसन गर्न नसके ज्यान समेत जान सक्ने भएकाले रावल परिवार आत्तिएको छ । राधाको अप्रेसनका लागि झन्डै १० लाख सम्म रकम लाग्ने चिकित्सकको सल्लाह छ । यतिबेला रावलको उपचारको लागी स्वदेश तथा विदेशमा रहेका आफन्त, शुभेच्छुक एवं दाताहरुले सहयोग संकलन गर्न थालेका छन् । उनको उपचारका लागि सहयोग गर्न परिवारले नेपाल तथा भारतका केही बैंकका खाता नम्बर समेत सार्वजनिक गरेको छ ।

नेपालबाट उपचारमा सहयोग पठाउन इच्छुक दाताहरुले रावलका हजुर बुवा भीम बहादुर रावलको काठमाडौ नयाँ बानेश्वर स्थित राष्ट्रीय वाणिज्य बैंकको खाता नम्बर १४२०१०००२३३६१०१० र अंकल कमल कुमार रावलको अछाम मंगलसै नस्थित ग्लोबल आइएमइ बैंकमा रहेको खाता नम्बर J९०७०१००००१४० मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ । त्यस्तै श्रीमान तपेन्द्र रावलको गुगल पे नम्बर९८२०९७०४६१ (भारत) तथा रावलको उपचारमा संलग्न देवर गोकर्ण रावलको खाता नम्बर ५०१००३८६३१८६२९ र IFSC HDFC 0001207 (भारत) मा सहयोग रकम जम्मा गर्न सकिने पनि बताइएको छ ।

प्रतिक्रिया