Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

वलिगाउकी क्यान्सर पिडित राधा रावलद्धारा उपचारका लागी सहयोग गरिदिन अपिल

वलिगाउकी क्यान्सर पिडित राधा रावलद्धारा उपचारका लागी सहयोग गरिदिन अपिल

अछाम क्यान्सर पिडित मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउकी एक महिलाको उपचारमा आर्थिक अभाब पछी सार्वजनिक रुपमा सहयोगको अपिल गर्नु भएको छ । क्यान्सर रोगले पिडित नियमीत उपचार गराईरहेकी राधा रावलले उपचारमा दिन दिनै आर्थिक समस्या थपिदै गएपछी सार्वजनिक रुपमा आफ्नो ज्यान बचाई दिनका लागी देश तथा बिदेशका सबै नेपालीहरुमा आर्थिक सहयोग जुटाइदिन सार्वजनिक अपील गरेकी हुन् ।

श्रीमान तपेन्द्र रावल भारतमा नोकरी गर्दै आएकाले भारतको मुम्बई स्थित टाटा मेमोरियल क्यान्सर अस्पतालमा नियमीत उपचार जारी रहेकाले आफ्नो आर्थिक अबस्था समेत कमजोर रहेकाले उपचारमा सहयोग गर्न सबैलाई सार्वजनिक अनुरोध गर्नु भएको हो । भारतमा दैनिक जसो आफुले मजदुरी गरि जिविकोपाजर्न गरिरहेका बेला आफ्नो ३३ बर्षिया श्रीमती राधा रावललाई एक्कासी क्यान्सर रोग देखा परेकाले विगत ७ महिनादेखि भारतमै उपचार गराईरहेको उनका श्रीमान तपेन्द्र रावलले बताए । श्रीमान तपेन्द्रका अनुसार श्रीमती लामो समयदेखि अल्सरको बिरामी रहेको र हाल अल्सर बिग्रेर क्यान्सरबाट पीडित बनेकी हुन ।

क्यान्सर जस्तो प्राणघातक रोग भएकोले चिकित्सकले तुरुन्तै अप्रेसन गर्न सल्लाह दिएको तर यतिबेला अप्रेसनका लागि आफुसँग रकमको निकै अभाव भएको रावलको भनाइ छ । चिकित्सकको सल्लाह बमोजिम तुरुन्त अप्रेसन गर्न नसके ज्यान समेत जान सक्ने भएकाले रावल परिवार आत्तिएको छ । राधाको अप्रेसनका लागि झन्डै १० लाख सम्म रकम लाग्ने चिकित्सकको सल्लाह छ । यतिबेला रावलको उपचारको लागी स्वदेश तथा विदेशमा रहेका आफन्त, शुभेच्छुक एवं दाताहरुले सहयोग संकलन गर्न थालेका छन् । उनको उपचारका लागि सहयोग गर्न परिवारले नेपाल तथा भारतका केही बैंकका खाता नम्बर समेत सार्वजनिक गरेको छ ।

नेपालबाट उपचारमा सहयोग पठाउन इच्छुक दाताहरुले रावलका हजुर बुवा भीम बहादुर रावलको काठमाडौ नयाँ बानेश्वर स्थित राष्ट्रीय वाणिज्य बैंकको खाता नम्बर १४२०१०००२३३६१०१० र अंकल कमल कुमार रावलको अछाम मंगलसै नस्थित ग्लोबल आइएमइ बैंकमा रहेको खाता नम्बर J९०७०१००००१४० मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ । त्यस्तै श्रीमान तपेन्द्र रावलको गुगल पे नम्बर९८२०९७०४६१ (भारत) तथा रावलको उपचारमा संलग्न देवर गोकर्ण रावलको खाता नम्बर ५०१००३८६३१८६२९ र IFSC HDFC 0001207 (भारत) मा सहयोग रकम जम्मा गर्न सकिने पनि बताइएको छ ।

प्रतिक्रिया