Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड बराबरको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड बराबरको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आइतबारदेखि १० बर्षे अवधिका लागि ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । 
बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्रको बार्षिक ब्याजदर ९ प्रतिशत रहेको छ ।

७ लाख ५० हजार कित्ता ऋणपत्रमध्ये ४५ करोड बराबरको ४ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने ३० करोड बराबरको ३ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्काशनबाट बिक्री गर्नेछ । यसबाट नै ५ प्रतिशत अर्थात १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको बैंकले जनाएको छ । 

आर्थिक बर्ष २०७७/०७८ मा सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा रकम १५ करोड ९१ लाख ६५ हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१.०६ रुपैयाँ र प्रतिशेयर आम्दानी १५.३४ रुपैयाँ रहेको छ । 

बैंकलाई इक्रा नेपाल लिमिटेडले गत माघ २२ गते मध्यम क्रेडिट जोखिम जनाउने इक्रा एनपि डबल बि प्लस प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम मध्यम भएको जनाउँछ । सो ऋणपत्र निष्काशनका जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले पाएको छ । 

बैंकले यही असार ६ गते निष्काशन गर्ने तयारी गरेको सो ऋणपत्र बन्द हुने मिति छिटोमा असार ९ गते रहेको छ भने उक्त मितिमा बिक्री नभए ढिलोमा असार ३० गतेसम्मका लागि आवेदन दिन सकिन्छ । 

प्रतिक्रिया