Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नेमकिपाद्धारा अछामका स्वास्थ्य संस्थालाई १८ सय थान बढी एन ९५ मास्क हस्तान्तरण

नेमकिपाद्धारा अछामका स्वास्थ्य संस्थालाई १८ सय थान बढी एन ९५ मास्क हस्तान्तरण

असार ६ अछाम

नेपाल मजदुर किसान पार्टीले जिल्ला अस्पताल अछाम र कमलबजार नगरपालिका वडा नम्बर ६ मा रहेको विरपथ स्वास्थ्य चौकीलाई एन ९५ मास्क हस्तान्तरण गरेको छ । पार्टिलाई चिनिया कम्युनिष्ट पार्टिले दिएको मास्क तथा हाईड्रोजन अक्सिजन मेसिन मध्ये अछाम जिल्लामा मास्क हस्तान्तरण गरिएको हो । पार्टीका केन्द्रिय सचिव तथा पुर्व सासंद प्रेम सुवाल अछाम जिल्लामै पुगेर मास्क हस्तान्तरण गर्नु भएको थियो । जिल्ला अस्पताल अछामलाई १ हजार ५ सय २० तथा विरपथ स्वास्थ्य चौकीलाई ३ सय २० थान एन ९५ मास्क उहाँले हस्तान्तरण गर्नु भएको थियो । मित्र देशको पार्टीले दिएको स्वास्थ्य सामाग्री कोरोनाको बेला अग्रमोर्चामा खटिनेलाई आवश्यकता पर्ने भएकाले पार्टिको केन्द्रिय कमिटीको निर्णय अनुसार वितरण गरिएको सचिव सुवालले बताउनु भयो ।

तराईको क्षेत्र बिराटनगर, कैलाली देखी पहाडी जिल्ला अछाम, सुर्खेत, दैलेख र कालिकोटसम्म वितरण गर्ने अभियान अन्र्तगत जिल्ला अस्पताल र विरपथ स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको उहाँले बताउनु भयो । जिल्ला अस्पताल अछामको भौतिक अबस्थाको बारेमा समेत जानकारी लिदै कार्यालय प्रमुख डाक्टर सोनाली बास्कोटालाई नेता सुवालले हस्तान्तरण गर्नु भएको हो । पहाडी जिल्लाका अस्पतालको बारेमा बोल्दै नेता सुवालले गाउबाट सिंहदरबारमा पुगेकाहरुले सहयोग नगर्दा समस्या थपिदै गएको बताउनु भयो । सिंहदरबारमा पुगेकाले कहील्यै पनी गाउ नसम्झीने गर्नाले अहीलेको अबस्था आएको बताउनु भयो ।

कोरोनाको जोखिम तथा अहीलेको विपदबाट सुरक्षित गराउनका लागि स्वयम सरकार नै जिम्मेवार बन्नु पर्ने बताउनु भयो । जिल्ला अस्पताल अछाममा भएको मास्क वितरण कार्यक्रममा नेपाल क्रान्तिकारी युवा संघ केन्द्रिय कमिटी अध्यक्ष मिन बहादुर बाटा, नेमकिपा अछामका अध्यक्ष झँकर बहादुर शाही, नेपाल क्रान्तिकारी युवा संघका जिल्ला अध्यक्ष विरेन्द्र शाही, जिल्ला अस्पताल अछामका नर्सिगं ईञ्चार्ज गंगा बुढामगर, सिनियर अनमी सुशिला ढुगांना लगाएको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया