Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेमकिपाद्धारा अछामका स्वास्थ्य संस्थालाई १८ सय थान बढी एन ९५ मास्क हस्तान्तरण

नेमकिपाद्धारा अछामका स्वास्थ्य संस्थालाई १८ सय थान बढी एन ९५ मास्क हस्तान्तरण

असार ६ अछाम

नेपाल मजदुर किसान पार्टीले जिल्ला अस्पताल अछाम र कमलबजार नगरपालिका वडा नम्बर ६ मा रहेको विरपथ स्वास्थ्य चौकीलाई एन ९५ मास्क हस्तान्तरण गरेको छ । पार्टिलाई चिनिया कम्युनिष्ट पार्टिले दिएको मास्क तथा हाईड्रोजन अक्सिजन मेसिन मध्ये अछाम जिल्लामा मास्क हस्तान्तरण गरिएको हो । पार्टीका केन्द्रिय सचिव तथा पुर्व सासंद प्रेम सुवाल अछाम जिल्लामै पुगेर मास्क हस्तान्तरण गर्नु भएको थियो । जिल्ला अस्पताल अछामलाई १ हजार ५ सय २० तथा विरपथ स्वास्थ्य चौकीलाई ३ सय २० थान एन ९५ मास्क उहाँले हस्तान्तरण गर्नु भएको थियो । मित्र देशको पार्टीले दिएको स्वास्थ्य सामाग्री कोरोनाको बेला अग्रमोर्चामा खटिनेलाई आवश्यकता पर्ने भएकाले पार्टिको केन्द्रिय कमिटीको निर्णय अनुसार वितरण गरिएको सचिव सुवालले बताउनु भयो ।

तराईको क्षेत्र बिराटनगर, कैलाली देखी पहाडी जिल्ला अछाम, सुर्खेत, दैलेख र कालिकोटसम्म वितरण गर्ने अभियान अन्र्तगत जिल्ला अस्पताल र विरपथ स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको उहाँले बताउनु भयो । जिल्ला अस्पताल अछामको भौतिक अबस्थाको बारेमा समेत जानकारी लिदै कार्यालय प्रमुख डाक्टर सोनाली बास्कोटालाई नेता सुवालले हस्तान्तरण गर्नु भएको हो । पहाडी जिल्लाका अस्पतालको बारेमा बोल्दै नेता सुवालले गाउबाट सिंहदरबारमा पुगेकाहरुले सहयोग नगर्दा समस्या थपिदै गएको बताउनु भयो । सिंहदरबारमा पुगेकाले कहील्यै पनी गाउ नसम्झीने गर्नाले अहीलेको अबस्था आएको बताउनु भयो ।

कोरोनाको जोखिम तथा अहीलेको विपदबाट सुरक्षित गराउनका लागि स्वयम सरकार नै जिम्मेवार बन्नु पर्ने बताउनु भयो । जिल्ला अस्पताल अछाममा भएको मास्क वितरण कार्यक्रममा नेपाल क्रान्तिकारी युवा संघ केन्द्रिय कमिटी अध्यक्ष मिन बहादुर बाटा, नेमकिपा अछामका अध्यक्ष झँकर बहादुर शाही, नेपाल क्रान्तिकारी युवा संघका जिल्ला अध्यक्ष विरेन्द्र शाही, जिल्ला अस्पताल अछामका नर्सिगं ईञ्चार्ज गंगा बुढामगर, सिनियर अनमी सुशिला ढुगांना लगाएको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया