Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बुढाबाडाका स्थानीय उर्लिएको बाढिमा जोखिम मोल्दै तर्न बाध्य, नेताहरुले भोटका लागि मात्रै प्रयोग गरेको गुनासो

बुढाबाडाका स्थानीय उर्लिएको बाढिमा जोखिम मोल्दै तर्न बाध्य, नेताहरुले भोटका लागि मात्रै प्रयोग गरेको गुनासो

मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तिमा पुल नहुँदा स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । बस्ती र बुढाबाडाको बिचमा रहेको काँडाखेती खोलामा हिउँदको समयमा खासै पानी नहुने भए पनि वर्षायाम सुरू भएपछि खोला निकै उर्लिएर आउने गरेको स्थानीयको भनाई छ ।  वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले आवत जावत गर्ने गरेको स्थानीयको गुनासो छ।

बर्षायाम सुरु भएपछी खेत रोप्न कामका लागि दिनहुँ खोला तर्नुपर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानीयवासी मारमा परेका हुन्। हिजो साझ मात्र खेत रोपेर घर फर्कने क्रममा  उक्त खोलाले एक बालिकालाई बगाएको थियो । डोटि घर भई हाल मामा घरमा बस्दै आएकी १५ बर्षिय शुसिला बमलाई खोलाले बगाएको थियो । काम गरेर साँझ घर फर्कने क्रममा स्थानिय हरुले बालिकालाई बागाएको देखेपछी उद्दार गरेका हुन् ।  

हिजो त हामी सबै भएर बालिकाको ज्यान बचाउन सफल भयौं  दैनिक आवत जावत गर्नु पर्ने भएकाले अब भने कसरी जाने भन्ने चिन्ता बढेको स्थानिय टेकराज ढुंगाना बताउँछन्  ।
बाढिले बगाए पछि बाँच्छु जस्तो लागेको थियन गाउँका सबैजना त्यही भएर मलाई बचाए अहिले मेरो यो नयाँ जीवन हो ती बालिका भन्छिन् । सरकारले  यस्तो ठाउँमा पुल बनाई दिएको भए कसैको ज्यान जाने थियन बालिकाले रुदै भनिन् । बार्षायाममा उर्लिएर आएको खोलामा दैनिक जसो मानिसहरु जोखिम मोलेरै त्यहीँ भएर  खेतबारिमा जाने गरेका छन । 
बिगत २/३ दिन देखि वर्षा भैरहेकाले खोला बढ्दै जादा रातभर त त्यहीँ  खुल्ला आकाशमुनी बस्न बाध्य भयौं  ढुंगानाले भने । नगरपालिकाले पुल बनाई दिएको भए राहत हुने थियो उनी भन्छन् । बस्तीबाट सडक निर्माण भइरहेकाले माथी बाट अलग बग्ने खोला पनि त्यहीँ भएर बग्न थाले पछि पानी पर्ने बितिकै बाढिले उग्र रुप लिने गरेको स्थानीय झनकराज ढुंगानाले बताएका छन् । स्थानीय जनप्रतिनिधिले भोट लागि मात्र बुढाबाडाका नागरिकलाई प्रयोग गरेको उनको गुनासो छ । हाम्रा थुप्रै समस्या छन् हाम्रा माग कहिले सुनुवाइ भएनन् उनी भन्छन् ।
सधै बर्षायाम सुरु भएपछी त्रासमै स्थानियले वारपार गर्ने गरेकाले  पुल निर्माणको लागि यथाशीघ्र  पहल थाल्न स्थानीयले माग गरेका छन् । बस्तीमा मात्र नभएर अछामका थुप्रै ठाउँका मानिसहरूले यस्तो समस्या खेप्नु परेको छ ।  बर्सेनि अछामा बाढी पहिरोमा परि ५०/६० भन्दा बढिको मृत्यु हुने गरेको तथ्यांक छ।
भौगोलिक विकट्ताले हेपिएका बस्ती का स्थानीयलाई नगरपालिकाले सौतेनी व्यवहार  गर्न नहुने स्थानीयको भनाई छ ।  मंगलसेन नगरपालिकाबाट झण्डै एकदिनको दुरिमा रहेको वडा नम्बर १३ बस्तिमा    यस्ता थुप्रै समस्याहरु स्थानीयले भोग्दै आए पनि स्थानीय सरकार भने बेखबर जस्तै बनेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ