Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बुढाबाडाका स्थानीय उर्लिएको बाढिमा जोखिम मोल्दै तर्न बाध्य, नेताहरुले भोटका लागि मात्रै प्रयोग गरेको गुनासो

बुढाबाडाका स्थानीय उर्लिएको बाढिमा जोखिम मोल्दै तर्न बाध्य, नेताहरुले भोटका लागि मात्रै प्रयोग गरेको गुनासो

मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तिमा पुल नहुँदा स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । बस्ती र बुढाबाडाको बिचमा रहेको काँडाखेती खोलामा हिउँदको समयमा खासै पानी नहुने भए पनि वर्षायाम सुरू भएपछि खोला निकै उर्लिएर आउने गरेको स्थानीयको भनाई छ ।  वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले आवत जावत गर्ने गरेको स्थानीयको गुनासो छ।

बर्षायाम सुरु भएपछी खेत रोप्न कामका लागि दिनहुँ खोला तर्नुपर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानीयवासी मारमा परेका हुन्। हिजो साझ मात्र खेत रोपेर घर फर्कने क्रममा  उक्त खोलाले एक बालिकालाई बगाएको थियो । डोटि घर भई हाल मामा घरमा बस्दै आएकी १५ बर्षिय शुसिला बमलाई खोलाले बगाएको थियो । काम गरेर साँझ घर फर्कने क्रममा स्थानिय हरुले बालिकालाई बागाएको देखेपछी उद्दार गरेका हुन् ।  

हिजो त हामी सबै भएर बालिकाको ज्यान बचाउन सफल भयौं  दैनिक आवत जावत गर्नु पर्ने भएकाले अब भने कसरी जाने भन्ने चिन्ता बढेको स्थानिय टेकराज ढुंगाना बताउँछन्  ।
बाढिले बगाए पछि बाँच्छु जस्तो लागेको थियन गाउँका सबैजना त्यही भएर मलाई बचाए अहिले मेरो यो नयाँ जीवन हो ती बालिका भन्छिन् । सरकारले  यस्तो ठाउँमा पुल बनाई दिएको भए कसैको ज्यान जाने थियन बालिकाले रुदै भनिन् । बार्षायाममा उर्लिएर आएको खोलामा दैनिक जसो मानिसहरु जोखिम मोलेरै त्यहीँ भएर  खेतबारिमा जाने गरेका छन । 
बिगत २/३ दिन देखि वर्षा भैरहेकाले खोला बढ्दै जादा रातभर त त्यहीँ  खुल्ला आकाशमुनी बस्न बाध्य भयौं  ढुंगानाले भने । नगरपालिकाले पुल बनाई दिएको भए राहत हुने थियो उनी भन्छन् । बस्तीबाट सडक निर्माण भइरहेकाले माथी बाट अलग बग्ने खोला पनि त्यहीँ भएर बग्न थाले पछि पानी पर्ने बितिकै बाढिले उग्र रुप लिने गरेको स्थानीय झनकराज ढुंगानाले बताएका छन् । स्थानीय जनप्रतिनिधिले भोट लागि मात्र बुढाबाडाका नागरिकलाई प्रयोग गरेको उनको गुनासो छ । हाम्रा थुप्रै समस्या छन् हाम्रा माग कहिले सुनुवाइ भएनन् उनी भन्छन् ।
सधै बर्षायाम सुरु भएपछी त्रासमै स्थानियले वारपार गर्ने गरेकाले  पुल निर्माणको लागि यथाशीघ्र  पहल थाल्न स्थानीयले माग गरेका छन् । बस्तीमा मात्र नभएर अछामका थुप्रै ठाउँका मानिसहरूले यस्तो समस्या खेप्नु परेको छ ।  बर्सेनि अछामा बाढी पहिरोमा परि ५०/६० भन्दा बढिको मृत्यु हुने गरेको तथ्यांक छ।
भौगोलिक विकट्ताले हेपिएका बस्ती का स्थानीयलाई नगरपालिकाले सौतेनी व्यवहार  गर्न नहुने स्थानीयको भनाई छ ।  मंगलसेन नगरपालिकाबाट झण्डै एकदिनको दुरिमा रहेको वडा नम्बर १३ बस्तिमा    यस्ता थुप्रै समस्याहरु स्थानीयले भोग्दै आए पनि स्थानीय सरकार भने बेखबर जस्तै बनेको छ ।

प्रतिक्रिया