Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मेशिनहरु आएपछि पानीघट्ट विस्थापित, परम्परागत पानीघट्ट लोप हुँदै आधुनिक

मेशिनहरु आएपछि पानीघट्ट विस्थापित, परम्परागत पानीघट्ट लोप हुँदै आधुनिक

जिल्लाका विभिन्न स्थानमा रहेका परम्परागत पानीघट्टहरु लोप हुने अवस्थामा पुगेका छन् । केही वर्ष पहिले ठाउँठाउँमा प्रयोग भएका देखिने अधिकांश परम्परागत पानीघट्ट अहिले बन्द भएका छन् । पछिल्लो समय कुटानी पिसानीमा छिटोछरितोको लागि विद्युतबाट चल्ने आधुनिक मेशिनहरु आएपछि परम्परागत घट्ट लोप हुने अवस्थामा पुगेका हुन ।

यहाँको चौरपाटी गाउँपालिकाका विभिन्न खोला तथा नदिमा सञ्चालन हुदैं आएका पानी घट्ट पहिलेको भन्दा अहिले कम मात्रामा सञ्चालनमा रहेका छन । गाउँपालिकाको गैरीगाड, बुढीगंगा नदि, सेती नदि, शिरखोला र अन्य खोलाहरुमा परम्परागत पानी घट्ट सञ्चालन हुदैं आएका थिए । यस क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै लगायतका अन्न पिसानी गर्ने गरेका छन ।

अहिले आधुनिक विद्युतिय मिल तथा चक्कीको प्रयोग बढ्दै गएपछि पानी घट्ट लोप हुन थालेको चौरपाटी गाउँपालिका–१ मा परम्परागत पानी घट्ट सञ्चालन गर्दै आउनु भएका गोपाल साउँदले जानकारी दिए । उनका अनुसार पहिले गैरीगाड खोलामा मात्रै दर्जनौंको सख्यामा पानीघट्ट सञ्चालनमा रहेका थिए । तर अहिले भने गाउँपालिकामा विद्युतको पहुँच पुगेसँगै पानीघट्ट लोप हुने अवस्थामा पुगेको उनले बताए ।

गाउँपालिकामा विद्युत नपुग्नु भन्दा पहिले आफ्नो पानीघट्टमा गहुँ, कोदो, चामल, मकै लगायतका अन्न पिसानी गर्ने स्थानीयको भिड लाग्ने गरेको पानी घट्ट सञ्चालक साउँद बताउँछन । तर अहिले भने हप्तामा ४–५ जना मात्रै आउने गरेको उनले सुनाए ।  यस्तै बढ्दो प्रविधिको प्रयोग र खोलानालामा पानीको मात्रा कम हुदै जानुले परम्परागत पानी घट्ट लोप हुदै गएको अर्का पानीघट्ट धनी कृष्ण बहादुर साउँदले बताए ।

आफुले पहिले पानी घट्ट चलाउदैँ आएको तर अहिले घट्टमा पिसानी गर्न कोही पनि नआउने नभएका कारण घट्ट बन्द गर्नु परेको उनले दुखेसो पोखे । पानी घट्टबाट अन्न पिसानी गर्दा पिसानी गरेको बस्तुको केही भाग घट्ट धनीलाई दिने चलन रहेको छ । अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक कुटानी पिसानी गर्ने मिल तथा चक्कीहरु ठाउँठाउँमा सञ्चालन भएपछि घट्टमा कुटानीपिसानी गर्ने चलन घट्दै गएको स्थानीय खडक बहादुर साउँदले बताए ।

उनले यो गाउँपालिकामा मात्रै नभएर जिल्लाका प्रमुख खोला तथा नदिहरुमा सञ्चालनमा रहेका परम्परागत पानीघट्ट लोप हुने अवस्थामा पुगेका बताए । जिल्लाका बुढीगंगा नदि र कैलाश खोला लगायतका स्थानमा रहेका पानीघट्ट संरक्षणको अभावमा बन्द हुन थालेका छन ।  परम्परागत पानी घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेकोले पनि परम्परागत घट्टप्रति स्थानीयको चासो कम हुदै गएको स्थानीवासी बताउँछन । घरमा प्रयोग हुने जातोलाई घट्टले विस्थापित गरेको र घट्टलाई विद्युतीय मिलहरुले विस्थापित गरेको छ ।

पछिल्लो समय कुटानी पिसानीमा छिटोछरितो लागि विद्युतबाट चल्ने आधुनिक मेशिनहरु आएपछि परम्परागत घट्ट, ढिकी र जाँतो संरक्षणको अभावले लोप हुदै गएका छन । परम्परागत पानी घट्ट, ढिकि, जातो संरक्षणमा स्थानीय सरकार र आधुनिक पुस्ताको ध्यान पुग्न सकेको छैन् । यो समाचार धनागढ़ी खबरमा पूर्ण साउदले लेख्नु भएको छ ।

प्रतिक्रिया