ताजा अपडेट
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा "बलियो एकता, सुरक्षीत राष्ट्र" नाराका साथ “एकता दौड-२०८२” (Unity Run-2082) भव्यताका साथ सम्पन्न भएको थियो ।
महाशिवरात्री तथा २६३ औं नेपाली सेना स्थापना दिवस" को अवसरमा श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखज्यू, प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरु, धनगढी उ.म. नगरपालिकाका नगर प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यलयका प्रमुख तथा कर्मचारीहरु, बिद्यार्थी तथा शिक्षक/शिक्षिका, उद्योग व्यवसायी, सञ्चारकर्मी, स्थानिय र सकलदर्जाहरु गरि करिव ७३० जनाको उपस्थितिमा मिति २०८२/११/०२ गते कैलालीको धनगढी स्थित रंगशालामा "बलियो एकता, सुरक्षीत राष्ट्र" नाराका साथ “एकता दौड-२०८२” (Unity Run-2082) भव्यताका साथ सम्पन्न भएको थियो ।
उक्त एकता दौडमा ५ कि.मि.मा १७५ जना र १० कि.मि. दौडमा २८० जना महिला तथा पुरुष सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको ५ कि.मि. महिला तर्फ प्रथम हुने देवकी कुमारी धामी, द्धितिय हुने मन्जु कुमारी धामी र तृतिय हुने पवित्रा सार्की तथा पुरुष तर्फ प्रथम हुने टेक बहादुर चन्द, द्धितिय हुने टेकेश चन्द र तृतिय हुने प्रदिप खत्रीलाई क्रमश १५, १० र ५ हजार नगद सहित पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी १० कि.मि. खुल्ला दौड महिला तर्फ प्रथम हुने श्री गोरखबक्स गणका सिपाही श्रृजना पाण्डे, द्धितिय हुने श्री जगदल गणका हुद्दा सरस्वती भट्टराई र तृतिय हुने श्री सर्वेश्वर गणका सिपाही शान्ता वली तथा पुरुष तर्फ प्रथम हुने श्री भैरवनाथ गणका सिपाही अक्कल पाल, द्धितिय हुने श्री रणसिंहदल गणका सिपाही प्रकाश कठायत र तृतिय हुने श्री अर्जुनबाण गणका सिपाही अर्जुन सार्कीलाई क्रमश ३५, २५ र १० हजार नगद सहित पदक र प्रमाणपत्र प्रदान गरिएको थियो । सुुदूूरपश्चिम पृतनाका पृतनापति उपरथी किरण के.सी.ले स्वागत मन्तव्य र प्रदेश प्रमुख माननीय नजिर मिंया ले शुभकामना दिनुभएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
प्रतिक्रिया