Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

नेपाली कांग्रेसलाई संगठन, विचार र प्रशिक्षणमार्फत पुनः सबल बनाउने बहस तीव्र बन्दै गएको बेला कांग्रेस नेता नैन सिंह महरले आफ्नो राजनीतिक यात्राको स्पष्ट लक्ष्य अघि सारेका छन् — पार्टी महामन्त्री। सार्वजनिक तस्बिरमार्फत व्यक्त गरिएको अबको यात्रा… महामन्त्रीको सन्देशलाई पार्टी वृत्तमा केवल आकांक्षा होइन, चार दशक लामो संगठनात्मक योगदानको राजनीतिक दाबीका रूपमा हेरिएको छ।

वि.सं. २०४६ सालमा असिग्राम गाउँ इकाइ अध्यक्ष बनेर औपचारिक राजनीति सुरु गरेका महर सुरुदेखि नै संगठन विस्तार, जनसम्पर्क र वैचारिक प्रशिक्षणलाई आफ्नो मूल एजेन्डा बनाउँदै अघि बढे। २०५२ सालमा ने.वि.संघ डडेलधुराको कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका उनी २०५४ सालमा नेपाली कांग्रेस प्रचार–प्रसार विभाग उपप्रमुख बनेर पार्टीलाई जनतासँग जोड्ने अभियानमा सक्रिय रहेर डडेलधुरा जिल्लाको भाग्यश्वर गा वि स वडा सदस्यमा निर्वाचित भए ।

पत्रकारिता र राजनीतिक चेतनाको संयोजन गर्दै २०५६ सालमा महरले नेपाल पत्रकार महासंघ डडेलधुराको संस्थापक जिल्ला अध्यक्षको भूमिका निर्वाह गरे।विद्यार्थी राजनीतिमा पनि सशक्त उपस्थिति जनाएका महर यही वर्ष ने.वि.सं. डडेलधुराको जिल्ला अध्यक्ष बने । २०५७ सालमा ने.वि.संघ केन्द्रीय सदस्य, २०५८ सालमा ने.वि.संघ केन्द्रीय उपाध्यक्ष, र  २०७३ सालमा ने.वि.संघ केन्द्रीय अध्यक्षमा निर्वाचित हुँदै उनले विद्यार्थी संगठनलाई नेतृत्व उत्पादन र वैचारिक प्रशिक्षणको केन्द्रका रूपमा स्थापित गरे।

यसपछि २०६७ सालमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएसँगै महरले पार्टीको केन्द्रीय संरचनामा निर्णायक रूपमा प्रवेश गरे । २०६२ सालमा नेपाली कांग्रेस महासमिति सदस्य, २०६८ सालमा स्कुल अफ डेमोक्रेसीका संस्थापक अध्यक्ष, र २०७९ सालमा नेपाली कांग्रेस केन्द्रीय सदस्य बनेका महर हाल पार्टीको शिक्षा विभाग प्रमुखको जिम्मेवारीमा छन्। 

अबको यात्रा… महामन्त्रीको भन्ने सन्देशलाई पार्टीभित्र महरको व्यक्तिगत महत्वाकांक्षा मात्र नभई संगठन, प्रशिक्षण र वैचारिक योगदानको स्वाभाविक निरन्तरताका रूपमा बुझ्न थालिएको छ। विद्यार्थी संगठनदेखि केन्द्रीय तहसम्म निरन्तर सक्रिय रहँदै आएका उनी कांग्रेसभित्र अनुभवी, अनुशासित र प्रशिक्षणमुखी नेताका रूपमा परिचित छन्।

पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत बनाउने, संगठन सुदृढीकरण गर्ने र नीति–निर्माणमा कार्यकर्ताको भूमिका बढाउनुपर्ने बहस चलिरहेका बेला नैन सिंह महरको महामन्त्रीतर्फको यात्रा नेपाली कांग्रेसभित्र अनुभव, निरन्तरता र संगठनात्मक क्षमताको स्पष्ट दाबीका रूपमा हेरिएको छ।

प्रतिक्रिया