Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दुई महिनापछि आन्तरिक उडान खुल्ने, १७ गतेबाट दैनिक ५५ उडान हुने

दुई महिनापछि आन्तरिक उडान  खुल्ने, १७ गतेबाट दैनिक ५५ उडान हुने

कोभिड नियन्त्रणका लागि झन्डै दुई महिना बन्द भएको आन्तरिक उडान १७ असारदेखि खुल्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान पुनः सुरु गर्ने निर्णय गरेको हो । 

स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि वायुसेवा कम्पनीलाई सीमित तथा सुरक्षित गन्तव्यमा ५० प्रतिशत क्षमतामा उडान गर्ने निर्णय गरिएको हो । नागरिक उड्डयन प्राधिकरणले उडान समय तालिका र उडान संख्या निश्चित गरिदिएलगत्तै आन्तरिक उडान गर्दै आएका बुद्ध, श्री, यती, सौर्य, सीता, समिट, तारा, गुणलगायत वायुसेवा कम्पनीले टिकट बिक्री सुरु गर्ने जानकारी दिएका छन् । 

कुल उडान संख्यामध्ये ५० प्रतिशतसम्म मात्र उडान गर्ने गरी अनुमति दिइने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी उडान सञ्चालन गरिने उनले जानकारी दिए । अघिल्लो वर्षको लकडाउनपछि उडान खुल्दा जारी गरिएका मापदण्डकै पालना गराइने उनको भनाइ छ । 

एयरलाइन्सहरू आफैँले पनि सुरक्षित उडानका लागि तयारी गरिरहेको र सरकारी नियममा पनि कडाइ गरिने प्राधिकरणले जानकारी दिएको छ । साबिककै उडान तालिकाको ५० प्रतिशत उडान स्वीकृत गर्ने वा एयरलाइन्सहरूसँग नयाँ आवेदन माग गर्ने भनेर प्राधिकरणले निर्णय गरेको छैन । 

वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अनुसार सामान्य दिनमा बुद्ध एयरले दैनिक ६५, यती एयरलाइन्सले ३०, श्री एयरलाइन्सले १६ र सौर्य एयरलाइन्सले चार उडान गरिरहेका थिए ।

अब निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुल्ने भएपछि सरकारले तोकेको कोटाअनुसार उडान संख्या तय हुनेछ । संघका अनुसार आन्तरिक वायुसेवाहरूले यसअघि दैनिक १ सय १० सम्म उडान गर्थे । अब कोटाअनुसार यसको आधा अर्थात् ५५ जति उडान हुनेछन् । 

प्रतिक्रिया