ताजा अपडेट
जन्मदिनको अवसरमा नेविसंघ अछामका सचिव स्वार द्धारा शैक्षिक सामाग्री वितरण
                                        
                                        अछाम
नेपाल विद्यार्थी संघ अछामका सचिव एवम नेपाली कांग्रेस अछामका युवा नेता बम बहादुर स्वारले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गरेका छन् । नेता स्वारले आफ्नो जन्मदिनको अवसरमा जिल्लाको मंगलसेन नगरपालिका वडा नं ४ का सामुदायिक विद्यालयमा पढ्ने ३५ जना बिपन्न बर्गका बालबालिकाहरुलाई ३५ हजार बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् ।
शैक्षिक सामाग्रीमा कपी, कलम र स्कूल ड्रेस वितरण गरिएको नेता स्वारले जानकारी दिए । वडा नं ४ का वडा सदस्य लोकेन्द्र केसीको उपस्थितिमा सोही वडाको राधा माबि बोगटी गाँउमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
शैेक्षिक सामाग्री वितरणमा नेपाल विद्यार्थी संघ अछामका सदस्य पुष्प विष्ट, त्रिभुवन आर्मी क्लबका भलिबल खेलाडी रमेश केसी लगायतको उपस्थिति रहेको थियो ।
बिद्यार्थी राजिनिति सँगै सामाजिक कार्यमा समेत अग्रसर नेविसंघ अछामका सचिव स्वारले जिल्लाका विभिन्न सामाजिक अभियानमा समेत सक्रिय रहेका छन् । विगतका वर्षहरुमा पनि रामारोशनका मृगौला पिडित, दलित परिवारका बालबालिका र अन्य सामाजिक धार्मिक क्षेत्रमा पनि स्वारले सहयोग गर्दै आएका थिए ।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया