Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जन्मदिनको अवसरमा नेविसंघ अछामका सचिव स्वार द्धारा शैक्षिक सामाग्री वितरण

जन्मदिनको अवसरमा नेविसंघ अछामका सचिव स्वार द्धारा शैक्षिक सामाग्री वितरण

अछाम
नेपाल विद्यार्थी संघ अछामका सचिव एवम नेपाली कांग्रेस अछामका युवा नेता बम बहादुर स्वारले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गरेका छन् । नेता स्वारले आफ्नो जन्मदिनको अवसरमा जिल्लाको मंगलसेन नगरपालिका वडा नं ४ का सामुदायिक विद्यालयमा पढ्ने ३५ जना बिपन्न बर्गका बालबालिकाहरुलाई ३५ हजार बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् ।

शैक्षिक सामाग्रीमा कपी, कलम र स्कूल ड्रेस वितरण गरिएको नेता स्वारले जानकारी दिए । वडा नं ४ का वडा सदस्य लोकेन्द्र केसीको उपस्थितिमा सोही वडाको राधा माबि बोगटी गाँउमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

शैेक्षिक सामाग्री वितरणमा नेपाल विद्यार्थी संघ अछामका सदस्य पुष्प विष्ट, त्रिभुवन आर्मी क्लबका भलिबल खेलाडी रमेश केसी लगायतको उपस्थिति रहेको थियो ।

बिद्यार्थी राजिनिति सँगै सामाजिक कार्यमा समेत अग्रसर नेविसंघ अछामका सचिव स्वारले जिल्लाका विभिन्न सामाजिक अभियानमा समेत सक्रिय रहेका छन् । विगतका वर्षहरुमा पनि रामारोशनका मृगौला पिडित, दलित परिवारका बालबालिका र अन्य सामाजिक धार्मिक क्षेत्रमा पनि स्वारले सहयोग गर्दै आएका थिए ।

प्रतिक्रिया