Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १२ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

निषेधाज्ञा खुकुलो भएसँगै प्रहरीमा उजुरी दिने बढे

निषेधाज्ञा खुकुलो भएसँगै प्रहरीमा उजुरी दिने बढे

निषेधाज्ञाको बेला शून्य जस्तै भएका प्रहरी कार्यालयहरूमा निषेधाज्ञा खुकुलो भएको दुई दिनमै भिडभाड बढेको छ । निषेधाज्ञा कडा भएपछि प्रहरीमा उजुरी दिन नपाएकाहरूले असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो भएसँगै उजुरी दिन पुगेका हुन् ।

निषेधाज्ञा खुलेसँगै प्रहरीमा सबैभन्दा बढी बैंङिक कसुर सम्बन्धि उजुरीहरू परेका छन् । त्यस्तै, घरेलु झगडा, मानहानीसम्बन्धि मुद्दा बोकेर आउनेको पनि उस्तै भीड देखिन्छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बैकिङ कसुरका एक हजारभन्दा बढी मुद्दाहरू पेन्डिङमा छन् । लकडाउन खुलेपछि अन्य समयमा भन्दा अपराध बढ्छ । प्रहरीमा नयाँ उजुरी बोकेर आउनेको पनि उस्तै भीड लागेको छ ।

सरकारले लकडाउन सुरु गरेपछि प्रहरीले जघन्य अपराध बाहेकका मुद्दा दर्ता रोकेको थियो । प्रहरी कार्यालयहरूले मंगलबारदेखि सबैखाले मुद्दा दर्ता गर्न थालेपछि उजुरी दिन पुग्नेको भिडभाड बढेको परिसर काठमाडौंका प्रवक्त रमेश बस्नेतले जानकारी दिए । उनका अनुसार निषेधाज्ञाको समयमा प्रहरीले सामान्य मुद्दालाई सार्दै आएको थियो भने पीडितहरू प्रहरीकहाँ आउन सकेका थिएनन् ।

निषेधाज्ञा खुकुलो भएपछि प्रहरीमा उजुरी हाल्न पुगेको भिड बढेको उनको भनाइ छ । ‘निषेधाज्ञा अवधिभर हिरासत कक्ष खाली जस्तै थियो, अहिले हिरासतमा ६ जना मात्रै छन्,’ उनले भने, ‘तर धेरैहरू पेन्डिङ रहेका छन्, जोहरी दिन आउनेको पनि भिडभाड बढेको छ ।’

उनले निषेधाज्ञाको समयमा कोभिड परीक्षण गरेर मात्रै हिरासतमा राखिने गरिएको बताए । पोजेटिभ देखिएकाहरूलाई महानगरीय प्रहरी वृत्त लैनचौर, दरबारमार्गमा राख्ने गरिएको छ । कोरोना संक्रमण दर बढिरहेको बेला सामान्य अपराधमा संलग्न व्यक्तिहरूलाई छुट दिएपछि अब भने कारबाही हुने प्रहरीले जनाएको छ । त्यस्तै हदम्याद भएका मुद्दाहरूलाई पनि प्रहरीले अघि सारेको छ । कोरोना महामारीको बेला सरकारले निषेधाज्ञा जारी गरे पनि पीडितहरू प्रहरी कार्यालयमा पुग्न सकेका थिएनन् । निषेधाज्ञा खुलेसँगै पीडितहरू प्रमाण बोकेर प्रहरीकहाँ धाउन थालेको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनका अनुसार यो समयमा गम्भीर प्रकृतिका बाहेक अन्य उजुरीहरू प्रहरीले रोकेको थियो । तर, असहज, अप्ठेरोमा परेका र रोक्दा अप्ठेरो हुने किसिमका मुद्दाहरूमा भने प्रहरीले निरन्तर काम गर्दै आएको एसएसपी सिंहको भनाइ छ । उनले भने, ‘यो समयमा सबैभन्दा बढी बैंकिङ कसुरमा मुद्दा आएका थिए, तीनको हदम्याद हेरेर प्रहरीले फिर्ता गरेको थियो, अब त्यस्ता मुद्दामा पनि काम सुरु भएको छ ।’ उनका अनुसार निषेधाज्ञाको बेला सुनसान बनेका हिरासत कक्ष केही दिनमै भरिभराउ हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

सहरबजार खुलेको बेला, चोरी, लुटपाट, कुटपिट र हत्याजस्ता घटनाहरू हुने गरेको छ । प्रहरी प्रधान कार्यालयले निषेधाज्ञा खुकुलो भएपछि मातहतका कार्यालयलाई बक्यौता रहेका मुद्दा अघि बढाउन र नयाँ उजुरी दर्ता गर्न निर्देशन दिएको छ। उपत्यकाका सबैजसो प्रहरी कार्यालयहरूले मुद्दा दर्ता तथा कारबाही थालेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुवँरले निषेधाज्ञा केही खुकुलो भएसँगै सहरी क्षेत्रमा अराजक क्रियाकलाप बढ्न सक्ने भएकोले सबै प्रहरी कार्यालयलाई निगरानी बढाउन निर्देशन दिइएको छ । ‘निषेधाज्ञाको बेला सवारीसाधनबाट हुने दुर्घटनामा कमी थियो, अब दुर्घटना बढ्दे देखिन्छ, त्यस्तै चोरी र अन्य अपराध पनि बढ्ने देखिन्छ,’ उनले भने, ‘धेरैजसो प्रहरी कार्यालयहरूले नियमित काम कारबाही सुरु गरेका छन् ।’

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया