Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

राप्ती गाउँपालिकाका अध्यक्षसहित २५ जनाविरुद्ध ५ करोड हिनामिना गरेको आरोपमा मुद्दा दायर

राप्ती गाउँपालिकाका अध्यक्षसहित २५ जनाविरुद्ध ५ करोड हिनामिना गरेको आरोपमा  मुद्दा दायर

सहकारी संस्थाको ५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

राप्ती गाउँपालिका-८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले सहकारीका कर्मचारी र पदाधिकारीविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

मुद्दा दर्तापछि सहकारीका चार कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् ।

सहकारीका ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी, लेखापाल ३७ वर्षीय विकाश न्यौपाने, सहलेखापाल २९ वर्षीय विक्रम राना र उनकी २७ वर्षीया श्रीमती उषा रानाथापा पक्राउ परेका छन् ।

सहलेखापाल रानाले रकम हिनामिना गर्ने कार्यमा मुख्य भूमिका खेलेको र श्रीमतीको समेत त्यसमा मिलेमतो भएको आशंकामा उषालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाङ जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले पक्राउ परेकाहरूको बयान बुधबारदेखि सुरु भएको र बिहीबारदेखि अन्यको बयान सुरु भएको जानकारी दिए ।

बयान सकिनासाथ थुनछेक बहस सुरु हुने अदालतका श्रेस्तेदारसमेत रहेका गिरीले जानकारी दिए । सहकारी संस्थामा आबद्ध राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनालाई प्रहरीले फरारको सूचीमा राखेको छ ।

सुवेदी सहकारीका लेखा सुपरिवेक्षण समितिमा आबद्ध छन् । संस्था स्थापनाका क्रममा २०७१ सालदेखि सुवेदी सुपरिवेक्षण समितिमा रहँदै आएको भए पनि केही वर्ष पहिले मात्रै चारवटा सहकारी मर्ज गरेर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो ।

संस्थापकको नाताले नाम रहे पनि पछिल्लो समय अध्यक्ष सुवेदीको सहकारीका गतिविधिमा प्रत्यक्षरूपमा संलग्नता नदिएको अनुसन्धान अधिकारीले जनाएका छन् । फरारहरूको हकमा अदालतले छिट्टै पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रतिवादीहरू आफैं हाजिर हुन नआए प्रहरीले पक्राउ गरेर ल्याउने छ ।

गाउँपालिकाका अध्यक्ष सुवेदीले आफूलाई राजनीतिक रुपमा यो विषयमा मुछेको जनाएका छन् । संस्थापकको नाताले आबद्धता रहेपनि पछिल्लो समय आफू सहकारीको गतिविधिमा सक्रिय नरहेको उनले नेपाल प्रेसलाई बताए ।

लेखापाललगायतका केही कर्मचारीहरुको मिलेमतोमा अनियमितता भएको हुँदा सहकारीका पदाधिकारी लगायत सबैलाई विपक्षी बनाई मुद्दा परेको भन्ने कुरा आफूले सुनेको सुवेदीले बताए ।

बिहीबारको गाउँ परिषदको बैठकमा दिनभर बसेको र अदालतले केही खबर नगरेको उनले बताए ।

अदालतले बोलाउनासाथ आफू उपस्थित हुने र अनुसन्धानमा सघाउने बताउँदै उनले बदमासी जसले गरेको भएपनि संस्थापकको नाताले उपस्थित भएर दोषीलाई कानुनी कठघरामा उभ्याउन सघाउने उनको प्रतिवद्धता छ ।

प्रतिक्रिया