Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

राप्ती गाउँपालिकाका अध्यक्षसहित २५ जनाविरुद्ध ५ करोड हिनामिना गरेको आरोपमा मुद्दा दायर

राप्ती गाउँपालिकाका अध्यक्षसहित २५ जनाविरुद्ध ५ करोड हिनामिना गरेको आरोपमा  मुद्दा दायर

सहकारी संस्थाको ५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

राप्ती गाउँपालिका-८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले सहकारीका कर्मचारी र पदाधिकारीविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

मुद्दा दर्तापछि सहकारीका चार कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् ।

सहकारीका ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी, लेखापाल ३७ वर्षीय विकाश न्यौपाने, सहलेखापाल २९ वर्षीय विक्रम राना र उनकी २७ वर्षीया श्रीमती उषा रानाथापा पक्राउ परेका छन् ।

सहलेखापाल रानाले रकम हिनामिना गर्ने कार्यमा मुख्य भूमिका खेलेको र श्रीमतीको समेत त्यसमा मिलेमतो भएको आशंकामा उषालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाङ जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले पक्राउ परेकाहरूको बयान बुधबारदेखि सुरु भएको र बिहीबारदेखि अन्यको बयान सुरु भएको जानकारी दिए ।

बयान सकिनासाथ थुनछेक बहस सुरु हुने अदालतका श्रेस्तेदारसमेत रहेका गिरीले जानकारी दिए । सहकारी संस्थामा आबद्ध राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनालाई प्रहरीले फरारको सूचीमा राखेको छ ।

सुवेदी सहकारीका लेखा सुपरिवेक्षण समितिमा आबद्ध छन् । संस्था स्थापनाका क्रममा २०७१ सालदेखि सुवेदी सुपरिवेक्षण समितिमा रहँदै आएको भए पनि केही वर्ष पहिले मात्रै चारवटा सहकारी मर्ज गरेर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो ।

संस्थापकको नाताले नाम रहे पनि पछिल्लो समय अध्यक्ष सुवेदीको सहकारीका गतिविधिमा प्रत्यक्षरूपमा संलग्नता नदिएको अनुसन्धान अधिकारीले जनाएका छन् । फरारहरूको हकमा अदालतले छिट्टै पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रतिवादीहरू आफैं हाजिर हुन नआए प्रहरीले पक्राउ गरेर ल्याउने छ ।

गाउँपालिकाका अध्यक्ष सुवेदीले आफूलाई राजनीतिक रुपमा यो विषयमा मुछेको जनाएका छन् । संस्थापकको नाताले आबद्धता रहेपनि पछिल्लो समय आफू सहकारीको गतिविधिमा सक्रिय नरहेको उनले नेपाल प्रेसलाई बताए ।

लेखापाललगायतका केही कर्मचारीहरुको मिलेमतोमा अनियमितता भएको हुँदा सहकारीका पदाधिकारी लगायत सबैलाई विपक्षी बनाई मुद्दा परेको भन्ने कुरा आफूले सुनेको सुवेदीले बताए ।

बिहीबारको गाउँ परिषदको बैठकमा दिनभर बसेको र अदालतले केही खबर नगरेको उनले बताए ।

अदालतले बोलाउनासाथ आफू उपस्थित हुने र अनुसन्धानमा सघाउने बताउँदै उनले बदमासी जसले गरेको भएपनि संस्थापकको नाताले उपस्थित भएर दोषीलाई कानुनी कठघरामा उभ्याउन सघाउने उनको प्रतिवद्धता छ ।

प्रतिक्रिया