ताजा अपडेट
जिल्ला अस्पताल र बयालपाटा अस्पताललाई नेपाल मानव धर्म सेवा समितिद्वारा सुरक्षाका सामाग्री, औषधी अक्सीजन सिलिन्डर सहयोग
नेपाल मानव धर्म सेवा समितिले बयालपाटा अस्पताल र जिल्ला अस्पताल अछामलाई स्वास्थ्य सुरक्षाका सामाग्री, औषधी अक्सीजन सिलिन्डर सहयोग गरेको हो । दुबै अस्पताललाई आवश्यक पर्ने ३ लाख बढीको स्वास्थ्य सामाग्री, औषधी र अक्सीजन सिलिण्डर सहयोग गरेको समितिले जनाएको छ ।
महामारि लगाएत सदैव अस्पतालले जनताको सेवामा दिनरात खटेर काम गरेको भन्दै आफुहरुले सक्दो सहयोग गरेको नेपाल मानव धर्म सेवा समितिका सदस्य रमेश कुवँरले बताए ।
उक्त नगद र स्वास्थ्य सामाग्री समन्वय समिति प्रमुख नर बहादुर कुँवरले जिल्ला अस्पताल अछामलाई र नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले बयालपाटा असपताललाई हस्तान्त्ररण गरेका थिए । हस्तान्त्ररण गर्दै सभापति स्वाँरले बयालपाटा अस्पताललाई यसैगरी सबै क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने बताए ।
अछाम घर भई हाल काठमाण्डौँमा रहेका समाजेवी बिनय रावलको सहयोगमा सामाग्री काठमाण्डौँ बाट अछाम आईपुगेको थियो । हस्तान्त्ररण कार्यक्रममा कांग्रेस महाधिबेशन प्रतिनिधी अर्जुन ताम्राकार, दतिल संघका अध्यक्ष टक्कर ताम्राकार लगायतको सहभागीता रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया