Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

स्थानीय तहको बजेट : कतै घरेलु रक्सीलाई अनुमति, कतै श्रीमानलाई प्रमुख अतिथि बनाउँदा कुटाकुट र मेयरको पदै चट्

स्थानीय तहको बजेट : कतै घरेलु रक्सीलाई अनुमति, कतै श्रीमानलाई प्रमुख अतिथि बनाउँदा कुटाकुट र मेयरको पदै चट्

देशभरका ७५३ स्थानीय तहमध्ये अधिकांशले असार १० गते आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरे । बजेट घोषणाका क्रममा केही स्थानीय तहमा अनपेच्छित घटना भए । कतै कुटाकुट भयो, कतै नाराबाजी भयो । कतै ठेकदारहरुको धम्कीका कारण सुरक्षा घेराका वीच बजेट घोषणा गर्नुपर्यो ।

केही स्थानीय तहले रोचक निर्णय गरे । यसमध्ये गुल्मीको एउटा गाउँपालिकाले घरेलु रक्सी विक्री गर्न दिने भएको छ । स्थानीय तहको बजेट घोषणाका क्रममा कतिपय स्थानीय तहमा देखिएका केही घटनाहरु हामीले यहाँ चर्चा गरेका छौं –

मौलापुर नगरपालिका : श्रीमानलाई प्रमुख अतिथि बनाउँदा कुटाकुट, साँझ मेयरको पदै चट्

रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा एमाले नेता प्रभु शाह प्रमुख अतिथि बसेको बिषयलाई लिएर कुटाकुट भएको छ । यस नगरपालिकामा प्रभु साहकी पत्नी रीनाकुमारी साह माओवादीबाट निर्वाचित मेयर हुन् । नगरसभा सकिएको केही घण्टा नबित्दै निर्वाचन आयोगले उनको मेयर पख खारेज भएको घोषणा गरिदिएको छ ।

नगरप्रमुख  साहले आफ्ना पति पूर्वमन्त्री प्रभु साहलाई नगरसभामा प्रमुख अतिथिका रुपमा बोलाएकी थिइन् । तर, प्रतिपक्षी दल कांग्रेस, माओवादी र नेकपा एमालेका माधव नेपाल पक्षीय नेता कार्यकर्ता बिरोधमा उत्रिए ।

दुई पक्षको विवाद उत्कर्षमा पुगेपछि कुटाकुट सुरु भयो । नगरपालिका कार्यालय बाहिर हिंसात्मक झडप हुने स्थिति आएपछि प्रहरीले लाठीचार्ज र अश्रुग्याँसका साथै हवाई फायर नै गर्नुपर्‍यो ।

मेयरका पतिलाई प्रमुख अतिथि बनाउने बिषयले दिनभर झडप भयो । यता साँझ निर्वाचन आयोगले मेयर साहको पद रिक्तको सूचना प्रकाशन ग¥यो । माओवादी छाडेर श्रीमानसँगै एमालेमा गएकी रीनालाई माओवादी केन्द्रको पत्रअनुसार आयोगले पदबाट हटाएको थियो ।

उनीसँगै प्रभु साह मन्त्री छँदा स्वकीय सचिव रहेका कटहरिया नगरपालिकाका मेयर सियाराम प्रसाद कुशवाहाको पनि मेयर पद गएको छ ।

बिर्तामोड नगरपालिकाः बाहिर आन्दोलन, भित्र बजेट भाषण

झापाको बिर्तामोड नगरपालिकामा निकै कडा सुरक्षा घेराबीच नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाले लगाउने ठेक्कासम्बन्धी विवादका कारण स्थानीय युवाहरुको एक समूहले बजेट ल्याउन नदिने बताएपछि सुरक्षा घेरावीच बजेट घोषणा गरिएको हो । 

असन्तुष्ट युवाहरुले नगरपालिकाले अपारदर्शी ढंगबाट ठेक्का सम्झौता गरेको भन्दै सोको खारेजीको माग राख्दै बिरोध प्रर्दशन गरे । प्रदर्शनकारी र प्रहरीबिच नगरपालिकाको गेटमा केहीबेर तनाबसमेत भएको थियो ।

दर्जनौंको संख्यामा उपस्थित सुरक्षाकर्मीले जनप्रतिनिधि, कर्मचारी र पत्रकारलाई मात्र प्रवेश दिएका थिए । युवाहरुले आन्दोलन गरेपछि बैठक १ घण्टा ढीलो गरी सुरु भएको थियो । विभिन्न पार्टीमा आवद्ध युवाले उठाएको बिषयमा छानविन गर्ने निर्णय भएको नगरपालिकाले जानकारी दिएको छ ।

बिर्तामोड नगरपालिकाले अवरोधका बीच आगामी आर्थिक बर्ष ०७८÷८९ का लागि १ अर्ब ३० करोड ७७ लाख ९५ हजार ५ सयको बजेट सार्वजनिक गरेको छ ।

चिरिबाबुलाई थपियो चिन्ताः ललितपुरमा बजेट नै पास भएन

यता ललितपुर महानगरपालिकामा मेयर र उपमेयर नै अल्पमतमा परेपछि बजेट पास हुन सकेन । महानगरले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गर्न बिहीबार नगरसभाको आयोजना गरेको थियो । तर, अधिकांश सदस्यहरू नगरसभामा नआएपछि बजेट पारित हुन रोकियो ।

नगरसभामा नगरप्रमुख चिरिबाबु महर्जन अल्पमतमा परेका छन् । नगरसभामा गणपुरक संख्या नपुगेपछि शनिबार (आज) का लागि अर्को बैठक सारिएको छ ।

नगरसभामा १३६ सदस्य रहेकोमा ९६ जना सहभागी भएनन् । बहुमत सदस्यहरुले नीति तथा कार्यक्रम पारित हुनुअघि कुनै छलफल नगरिएको भन्दै बहिष्कार गरेपछि नगरप्रमुख चिरिबाबु महर्जनलाई चिन्ता थपिएको हो ।

​मालिका गाउँपालिकाः घरेलु रक्सीको ब्राण्ड !

गुल्मीको मालिका गाउँपालिकाले घरेलु मदिरालाई ब्राण्ड बनाउने कानून पारित गरेको छ । गाउँपालिकाको सातौं गाउँ सभाले नेपालको संविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गरी ऐन जारी गरेको हो । सो ऐनअनुसार अब गाउँ पालिकाभित्र घरेलु रक्सी उत्पादन गर्नेहरुले दर्ता गरेर ब्राण्ड राखेर बिक्री वितरण गर्नुपर्नेछ ।

नियम नमानी खुलारुपमा विक्रीवितरण गरे ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्थासमेत गरिएको छ ।

लुकीछुपी रुपमा घरेलु मदिरा उत्पादन गर्दै आएकाहरुलाई यो ऐन पास भएपछि अब निर्धक्क रुपमा प्रक्रिया पुर्‍याएर  मदिरा उत्पादन गर्ने बाटो खुलेको छ । त्यसका लागि उनीहरुले गाउँपालिकाबाट अनुमति लिनुपर्ने छ भने उत्पादन गरेअनुसारको कर समेत तिर्नुपर्नेछ ।

अब घरेलु मदिराको गुणस्तर निर्धारण गरेर  स्टीकर टास्ने र सिलबन्दी पछि बिक्रीका लागि खुला हुने गाउँपालिकाका प्रशासकीय अधिकृत दीपक भण्डारीको भनाइ छ ।  

प्रतिक्रिया