Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

एल आई सी नेपाल लि.धनगढी शाखा द्वारा मृत्यदावी चेक हस्तान्तरण

एल आई सी नेपाल लि.धनगढी शाखा द्वारा मृत्यदावी चेक हस्तान्तरण

एल आई सी नेपाल लि धनगढी शाखा बाट जीवन बीमा गराउनु भएका स्व.खगेन्द्र चौधरीका श्रीमती पुष्पा कुमारी चौधरीलाई शाखा कार्यलयमा एक कार्यक्रम बिच शाखा प्रबन्धक कृष्ण भट्टले एजेन्सी म्यानेजर राम ब शाही, अभिकर्ता कृष्ण प्र डगाैरा थारु लगायत अभिकर्ता र कर्मचारीकाे उपस्थितिमा मृत्यु दाबीकाे चेक रकम हस्तान्तरण गर्नु भयाे।।मृतक चाैधरीले दुई बर्ष अगाडि अभिकर्ता कृृष्ण प्र डगौरा थारु मार्फत एल आई सी मा जीवन बीमा गर्नु भई दुई बर्षकाे किस्ता मात्र जम्मा गर्नु भएकाे थियाे। निज स्व.चौधरीकाे बयलगाडामा माेटरसाईकल ठाेकिएर गम्भीर घाईते भई उपचारका लागि निसर्ग अस्पताल धनगढीमा पुर्याउदा डाक्टरले मृत घाेसित गरेका थिए।

कार्यक्रममा शाखा प्रबन्धक भट्टले स्व. चौधरी प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै हकवाला श्रीमति पुष्पा कुमारी चौधरीलाई पहिले लिएकाे ऋण रकम घटाएर रु.७२,६३,१७३( बहत्तर लाख त्रिसट्ठी हजार एक सय त्रिहत्तर मात्र) काे चेक हस्तान्तरण गर्दै परिवारमा आई पर्ने मानबिय क्षतिकाे पुर्ति कहिले पनि हुन नसक्ने तर आर्थीक रुपमा परिवारकाे मुख्य ब्यक्तिकाे निधन हुँदा आस्रित परिवारमा आई पर्ने आर्थिक संकटमा बीमा रकमले ठुलाे राहत पुर्याउने बताउदै आफुहरुले पिडामा रहेका आफ्नाे बिमीतका आस्रित प्रतिकाे दायित्व समयमै पूरा गरेकाे र यसरी आफ्ना बिमीत परिवारमा आईपर्ने संकटमा आफ्नाे तर्फकाे जिम्मेवारी समयमा पूरा गर्दा आफुलाई सन्तुष्टि प्राप्त हुने र आफुहरु सदा आफ्ना बिमीतहरु र निजका परिवारकाे सुख दुखमा सँगसगै रहने बिचार ब्यक्त गर्दै अन्य सेवा भन्दा आफन्तकाे मृत्युका कारण दुखमा रहेका परिवारकाे भाबनालाई ख्याल गरि आफ्नाे कार्यालयले कारणबस मृत्युदाबी दिनु पर्ने अवस्था आई परेमा त्याे कामलाई विशेष प्राथमिकतामा राखेर सके सम्म हकवालाले जुटाउनु पर्ने कागजात लगायत धेरै कुरामा आफै अग्रसर भई कार्य गरिरहेकाे र त्याे आफ्नाे कर्तब्य पनि रहेकाे बिचार ब्यक्त गर्नु भयाे ।

साथै आफुहरु परिमाणात्मक भन्दा पनि गुणात्मक सेवा र सके सम्म गुनासाहरु सुन्न नपराेस भनेर कार्य गरिरहेकाे तर बिमीत तथा सुबेच्छुकका गुनासा र सुझाबहरुलाई सकारात्मक रुपमा लिई अगाडि बढन सदा प्रतिबद्ध रहेकाे बताउनु भयाे। कार्यक्रममा स्व. चौधरीका हकवाला पुष्पा कु.चौधरीले लकडाउनका बाबजुद पनि समयमै आफुले बीना कुनै झन्झट मृत्य दाबीकाे रकम प्राप्त गरेकाे मा धन्यबाद ब्यक्त गर्नु भयाेसाथै आफ्नाे परिवार लाई बीमा बाट आएकाे रकमले ठुलाे आर्थिक लाभ पुर्याएकाे बताउनु भयाे।

प्रतिक्रिया