Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

आन्तरिक मामिला मन्त्री पूर्णा जोशी सहितको टोलीद्धारा जिल्ला कारागार कैलालीको निरिक्षण

आन्तरिक मामिला मन्त्री पूर्णा जोशी सहितको टोलीद्धारा जिल्ला कारागार कैलालीको निरिक्षण

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सहितको टोलीले जिल्ला कारागार कैलालीको निरिक्षण गरेको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको जिल्ला कारागारको मन्त्री जोशी सहितको टोलीले अनुगमन तथा निरिक्षण गरेको हो । अनुगमन तथा निरिक्षणका क्रममा कारागारको अवस्था एकदमै नाजुक रहेको मन्त्री जोशीले बताईन् ।

कैदीहरु १५ इन्चको बेडमा बस्न बाध्य, शुद्ध खानेपानीको व्यवस्था राम्रो नभएको, गर्मीको समयमा पंखाहरुको पनि उचित व्यवस्था नरहेको पाईएको उनले बताईन् ।  क्षमताभन्दा तेब्बर बढी कैदी राख्दा उनीहरुले पाउनुपर्ने न्युनतम सुविधासम्म पाएका छैनन् । जिल्ला कारागार कैलालीको पूर्वाधार विकासका लागि प्रदेश सरकारले १० लाख हस्तान्तरण गरेको मन्त्री जोशीले बताईन ।

मन्त्री जोशीले कारागारलाई सुधार गृहका रुपमा परिणत गर्ने कार्यको थालनी गरेको बताइन । आफूले प्रदेशभित्र रहेका ९ वटै जिल्ला कारागारको अनुगमन तथा निरिक्षण गर्ने जानकारी दिईन् । अहिले ठूला संरचना निर्माण गर्न नसकेपनि भएका संरचना सुधार गर्नु पर्ने कुरामा उनले जोड दिईन् । जिल्ला कारागार कैलालीका जेलर महेन्द्र सिं खड्काले कारागारमा १५० जनाको क्षमता रहेको तर अहिले ४८४ जना कैदीहरु राख्नु पर्ने बाध्यता रहेका जानकारी दिए ।

जसमध्ये ४४५ पुरुष, ३५ महिला र ४ वटा आश्रित बालबालिका रहेका छन । कारागारमा भौतिक संरचना लगायतका समस्या नहुदाँ कैदीहरु कष्टकर जीवन बिताउन बाध्य छन । बजेट अभावले कारागारको स्तरोन्नति हुन नसक्दा कैदीहरु समस्यामा छन् । जिल्ला कारागार कैलालीको निरिक्षणमा मन्त्री जोशी सहित प्रदेशसभा सदस्य डिल्लीराज पन्त, नेपालु चौधरी तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया