Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

आन्तरिक मामिला मन्त्री पूर्णा जोशी सहितको टोलीद्धारा जिल्ला कारागार कैलालीको निरिक्षण

आन्तरिक मामिला मन्त्री पूर्णा जोशी सहितको टोलीद्धारा जिल्ला कारागार कैलालीको निरिक्षण

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सहितको टोलीले जिल्ला कारागार कैलालीको निरिक्षण गरेको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको जिल्ला कारागारको मन्त्री जोशी सहितको टोलीले अनुगमन तथा निरिक्षण गरेको हो । अनुगमन तथा निरिक्षणका क्रममा कारागारको अवस्था एकदमै नाजुक रहेको मन्त्री जोशीले बताईन् ।

कैदीहरु १५ इन्चको बेडमा बस्न बाध्य, शुद्ध खानेपानीको व्यवस्था राम्रो नभएको, गर्मीको समयमा पंखाहरुको पनि उचित व्यवस्था नरहेको पाईएको उनले बताईन् ।  क्षमताभन्दा तेब्बर बढी कैदी राख्दा उनीहरुले पाउनुपर्ने न्युनतम सुविधासम्म पाएका छैनन् । जिल्ला कारागार कैलालीको पूर्वाधार विकासका लागि प्रदेश सरकारले १० लाख हस्तान्तरण गरेको मन्त्री जोशीले बताईन ।

मन्त्री जोशीले कारागारलाई सुधार गृहका रुपमा परिणत गर्ने कार्यको थालनी गरेको बताइन । आफूले प्रदेशभित्र रहेका ९ वटै जिल्ला कारागारको अनुगमन तथा निरिक्षण गर्ने जानकारी दिईन् । अहिले ठूला संरचना निर्माण गर्न नसकेपनि भएका संरचना सुधार गर्नु पर्ने कुरामा उनले जोड दिईन् । जिल्ला कारागार कैलालीका जेलर महेन्द्र सिं खड्काले कारागारमा १५० जनाको क्षमता रहेको तर अहिले ४८४ जना कैदीहरु राख्नु पर्ने बाध्यता रहेका जानकारी दिए ।

जसमध्ये ४४५ पुरुष, ३५ महिला र ४ वटा आश्रित बालबालिका रहेका छन । कारागारमा भौतिक संरचना लगायतका समस्या नहुदाँ कैदीहरु कष्टकर जीवन बिताउन बाध्य छन । बजेट अभावले कारागारको स्तरोन्नति हुन नसक्दा कैदीहरु समस्यामा छन् । जिल्ला कारागार कैलालीको निरिक्षणमा मन्त्री जोशी सहित प्रदेशसभा सदस्य डिल्लीराज पन्त, नेपालु चौधरी तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया