ताजा अपडेट
तुर्माखाँद प्रहरीचौकीको गस्ती टोलीद्धारा ठगी गर्दै हिड्ने व्यक्ति पक्राउ
तुर्माखाँद प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दान सिँह धामीको नेतृत्वमामा खटीयको गस्ती टोली द्धारा तुर्माखाँद गाउँपालिका –४, तुर्माखाँद गोदे टोलमा लुकीछिपी बसेको अवस्थामा पंचदेवल विनायक नगरपालिका -६ स्थायी ठेगाना भएका पदम बहादुर विकलाई पक्राउ गरेको छ ।
गाउँपालिकाका विभिन्न बजार, गाउँ ,टोल र समाजमा गई , लामो समयदेखि विभिन्न ठाउँ अनुसार नाता जोडी, नेपाल आर्मी ,कहिले नेपाल प्रहरी भएको भन्दै तुर्माखाँद गाउँपालिका र यसका सिमाना जोडीएको दैलेखका सर्वसाधारणबाट पैसा असुल गर्ने, गाउँमा गएर गाउँकी सोझी केटीहरु संग विवाहाको बहानामा गरगहना, मोवाईल लुट्ने, घरमा राखीएका सोलारहरु चोर्ने र अन्यत्र लिएर बिक्रि गर्ने काममा संलग्न रहेको आरोपमा विकलाई पक्राउ गरेको हो ।
यसरी समाजमा भय त्रास फैलाउने व्यक्तिलाई कानुनी दायरामा ल्याएकोमा यस क्षेत्रका बुद्धी जिवी,राजनितिक दल र विभिन्न पेसाक्रमीहरुले यस कार्यको उच्च प्रसंसा गर्दै तुर्माखाँद प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दान सिँह धामीलाई धन्यवाद दिएका छन । तुर्माखाँद प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धामीका अनुसार निजलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाममा पठाईएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
-
अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ?
प्रतिक्रिया