ताजा अपडेट
"माहाँमारी दशा" मा खुस्बु भट्टराई !
बिगत लामो समयदेखि,भारतको मुम्बई सहरमा हिन्दि नेपाली म्युजिक भिडियो देखि नृत्य क्षेत्रमा राम्रो परिचय बनाएकि मोडल तथा डान्सर खुस्बु भट्टराई फेरि चर्चामा आएकी छन ।
८ दश वर्ष पहिले मुम्बई लगायत प्रबासि नेपाली कार्यक्रमका मंच तताउने खुस्बु भट्टराई केहि समय गुमनाम भएकी थिईन । कला संस्कृति सम्म लुकामारी खेल्दै गित संगितमा भिजेकि खुस्बु भट्टराई लाई गित संगीतको नसाले भने चुप बस्न दिएन । आफ्नो सांगीतीक क्षेत्रमा बिस्तारै पुनः प्रवेश गर्दै बिभिन्न म्युजिक भिडियो खेल्दै आएकि भट्टराई फेरि एक दर्दनाक म्युजिक भिडियो "माहाँमारि दशामा" अभिनय गरेकी छन । यो गितको अभिनयले खुस्बु दर्शक को मनमा कति सम्म बस्न सक्छन,यो भने चाँसोको बिषय बनेको छ ।
सामाजिक अभियन्ता तथा युवा समाजसेवी तथा लेखक पदम भुल को शब्द सृजना गायक सुरज मान जैगडि र गायिका टिका पुन को स्वर मा रहेको "माहाँमारि दशा" नामक म्युजिक भिडियोमा मोडल खुस्बु भट्टराई नयाँ लुकमा देखिएकि छन । भिडियो मा कोरोनाका कारण प्रदेशमा रहेका श्रिमान को मृत्यू पश्चात बिधुवा नारिको अभिनय गरेको सुटिङ का दृश्य बाट बुझिएको छ ।
महामारी दशा नामक एल्बममा खुस्बुले गरेको अभिनय निकै मनछुने रहेको कुरा सुटिङ स्थलमा पुगेकाहरुले बताएका छन । मोडल मात्र नभएर नृत्यमा पनि राम्रो चर्चा कमाएकि खुस्बु भट्टराई सामाजिक सेवाको क्षेत्रमा नयाँ नयाँ कामले चर्चा बटुलेका युवा समाज सेवि पदम भुल सम्म को मुख्य अभिनय गर्नु, मुम्बई का चर्चित व्यक्तित्व झपट एल सिंह, डम्मर रावल, भरत रावल, इन्द्र बहादुर सिंह, ललित भुल रुपेश भुल,चुम्बकराज रेग्मी, हस्त भुल लगायत का प्रवासी नेपाली हरुको अभिभावकत्व निर्वाह गर्ने सामाजिक अगुवाहरु संलग्नता रहेको भिडियोमा नयाँ लुकमा अभिनय गर्नु ले पनि केहि राम्रो प्रभाव पर्ने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया