Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाल खेलकूद महासंघद्वारा विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाल खेलकूद महासंघद्वारा  विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेकोसको आव्हान कोभिड-नो भिड भन्ने मुल नाराका साथ विशेष राष्ट्रिय अभियान २०७८ अन्तर्गत नेपाल खेलकुद महासंघ सुदूरपशिम प्रदेशले आज (बुधबार) विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त अभियानले सुदूरपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती, कैलाली जिल्ला खेलकुद बिकास समिती र कञ्चनपुर जिल्ला खेलकुद बिकास समितीहरुमा स्वस्थ्य सामाग्रीहरु बितरण गरिएको हो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्बेदीलाई स्वस्थ्य सामाग्री मास्क र सेनेटाइजरहरु महासंघका उपाध्यक्ष तथा राखेपका कार्यकारी सदस्य एकेन्द्र कुवरले हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी भर्खरै जिल्ला खेलकुद बिकास समिती कञ्चनपुरका नबनियुक्त अध्यक्ष ओम बस्नेत र नेपाल कबड्डी संघको प्रमुख प्रशिक्षक नियुक्त भएका गुरु बिस्णु दत्त भट्टलाई नेपाल खेलकुद महासंघको तर्फबाट राखेपका कार्यकारी सदस्य एकेन्द्र कुवर र महासंघका केन्द्रिय सचिब बिस्णु चन्द, स्थायी कमिटी सदस्य तथा प्रदेश अध्यक्ष प्रकाश चन्द, स्थायी कमिटी सदस्य तथा कञ्चनपुर जिल्ला अध्यक्ष गणेश चन्द सचिबालय सदस्य सत्य राज स्नेही र केन्द्रिय सदस्य उमेश पान्डेयको टिमले बधाई तथा खादा लगायर सम्मान समेत गरिएको थियो ।

त्यसै क्रममा नेपाल खेलकुद महासंघले गरेको कोभिड-नो भिड कार्यक्रमका संयोजक केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रशुराम बस्नेतको अगुवाइमा देशको पुर्ब मेची देखि पश्चिम महाकालीसम्मको कार्यक्रम भैरहेको अध्यक्ष नेपाल खेलकुद महासंघ, सुदुरपशिम प्रदेश केन्द्रिय स्थायी कमिटी सदस्य प्रकाश कुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया