ताजा अपडेट
दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन नेपालपक्षका २३ सांसदलाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय निवर्तमान सांसदलाई निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले उक्त निर्देशन दिएका हुन्। नेपाल पक्षका २३ जना सांसदले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी सर्वोच्च अदालतमा दायर मुद्दामा हस्ताक्षर गरेका छन्।
उनीहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिएर एकताको वातावरण बनाउन निर्देशन गरेका हुन्। उनले एमालेको एकता नै अहिलेको प्राथमिकता रहेको साे अवसरमा बताएका छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया