Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सञ्चारकर्मीको पारिश्रमिकबारे अध्ययन गर्न उपसमिति गठन

सञ्चारकर्मीको पारिश्रमिकबारे अध्ययन गर्न उपसमिति गठन

सिमकोट – कर्णाली प्रदेश र दुर्गम क्षेत्रमा काम गर्ने सञ्चारकर्मीको पारिश्रमिकको यथार्थ अवस्था बुझ्न पाँच सदस्यीय उपसमिति गठन गरिएको छ।

विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीले न्यून पारिश्रमिकमा काम गर्नु परिरहेको पीडा सरोकारवाला पक्षसँग सञ्चारकर्मीले पोखेपछि न्यूनतम पारिश्रमिक निर्धारण समिति र प्रेस काउन्सिल नेपालले उपसमिति हुम्लाबाटै गठन गरेको हो।

समितिका अध्यक्ष राजेन्द्र अर्यालले कर्णालीका सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक पाएको गुनासो आएपछि त्यसको यथार्थ अध्ययन गरेर प्रतिवेदन पेश गर्न न्यूनतम पारिश्रमिक समितिका सदस्य नवराज महताराको संयोजकत्वमा पाँच सदस्य उपसमिति गठन गरिएको जानकारी दिए।

त्यससँगै कर्णालीमा पत्रकारिता क्षेत्रको विकासका लागि पनि सुझाव तय गर्नेछ। उपसमिति गठन भएपछि यसलाई पूर्णता दिन पत्रकारका पेसागत संगठनको नेतृत्वसँग समन्वय गर्ने संयोजक महताराले बताए।

उनले उपसमितिले पूर्णता पाएलगत्तै काम सुरु हुने बताए। समितिमा कर्णाली क्षेत्रमा काम गर्ने सञ्चारकर्मीलाई समावेश गरिनेछ। यो प्रतिवेदन आए सञ्चारकर्मीका समस्या समाधान गर्न सहज हुने विश्वास गरिएको छ।

यो उपसमितिको प्रतिवेदनलाई प्रेस काउन्सिलले पनि मान्यता दिने काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिँदै दुर्गममा पत्रकारहरू न्यून पारिश्रमिक पीडामा काम गर्नुपरेको यथार्थ भएको बताए।

यसका लागि उपसमितिले के गर्न सकिन्छ भन्ने सुझावसमेत दिनेछ। समितिले साउनभित्र अध्ययन गरी प्रतिवेदन न्यूनतम र प्रेस काउन्सिलमा पेस गर्नु पर्नेछ। टोली एकीकृत सञ्चार शिविर सञ्चालन गर्न हुम्लामा आएको थियो।

प्रतिक्रिया