Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सञ्चारकर्मीको पारिश्रमिकबारे अध्ययन गर्न उपसमिति गठन

सञ्चारकर्मीको पारिश्रमिकबारे अध्ययन गर्न उपसमिति गठन

सिमकोट – कर्णाली प्रदेश र दुर्गम क्षेत्रमा काम गर्ने सञ्चारकर्मीको पारिश्रमिकको यथार्थ अवस्था बुझ्न पाँच सदस्यीय उपसमिति गठन गरिएको छ।

विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीले न्यून पारिश्रमिकमा काम गर्नु परिरहेको पीडा सरोकारवाला पक्षसँग सञ्चारकर्मीले पोखेपछि न्यूनतम पारिश्रमिक निर्धारण समिति र प्रेस काउन्सिल नेपालले उपसमिति हुम्लाबाटै गठन गरेको हो।

समितिका अध्यक्ष राजेन्द्र अर्यालले कर्णालीका सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक पाएको गुनासो आएपछि त्यसको यथार्थ अध्ययन गरेर प्रतिवेदन पेश गर्न न्यूनतम पारिश्रमिक समितिका सदस्य नवराज महताराको संयोजकत्वमा पाँच सदस्य उपसमिति गठन गरिएको जानकारी दिए।

त्यससँगै कर्णालीमा पत्रकारिता क्षेत्रको विकासका लागि पनि सुझाव तय गर्नेछ। उपसमिति गठन भएपछि यसलाई पूर्णता दिन पत्रकारका पेसागत संगठनको नेतृत्वसँग समन्वय गर्ने संयोजक महताराले बताए।

उनले उपसमितिले पूर्णता पाएलगत्तै काम सुरु हुने बताए। समितिमा कर्णाली क्षेत्रमा काम गर्ने सञ्चारकर्मीलाई समावेश गरिनेछ। यो प्रतिवेदन आए सञ्चारकर्मीका समस्या समाधान गर्न सहज हुने विश्वास गरिएको छ।

यो उपसमितिको प्रतिवेदनलाई प्रेस काउन्सिलले पनि मान्यता दिने काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिँदै दुर्गममा पत्रकारहरू न्यून पारिश्रमिक पीडामा काम गर्नुपरेको यथार्थ भएको बताए।

यसका लागि उपसमितिले के गर्न सकिन्छ भन्ने सुझावसमेत दिनेछ। समितिले साउनभित्र अध्ययन गरी प्रतिवेदन न्यूनतम र प्रेस काउन्सिलमा पेस गर्नु पर्नेछ। टोली एकीकृत सञ्चार शिविर सञ्चालन गर्न हुम्लामा आएको थियो।

प्रतिक्रिया