Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

रवीको जनमैत्री अस्पतालमा विरामी वन्धक, अस्पताल भन्छ– रवीले वदनाम गरे

रवीको जनमैत्री अस्पतालमा विरामी वन्धक, अस्पताल भन्छ– रवीले वदनाम गरे

काठमाडौं महानगरपालिका–१६ बालाजु स्थित जनमैत्री अस्पतालसँग ब्यवसायी सहकार्य गरेका टेलीभिजन प्रस्तोता रवी लामिछाने विरुद्ध आर्थिक अनियमितताको आरोप लागेको छ ।

तीन महिनाका लागि ब्यवसायीक सहकार्य गरेका उनले एक महिनामै सहमति तोडेर हिडेपछि अस्पतालले उनी माथि आर्थिक अपार्दर्शिताको आरोप लगाएको हो ।

कति आर्थिक सहयोग सङ्कलन भयो र कति खर्च भयो भन्ने हरहिसाब सार्वजनिक नगरी रवि हिँडेको अस्पतालका एक चिकित्सले जनाए । उनी भन्छन् ‘रविजीले गर्दा अस्पतालकै बदनाम भयो, उहाँले को–कोबाट कति रकम उठाउनुभयो, कुल कति उठ्यो र कति कुन–कुन बिरामीमा खर्च भयो भन्ने पारदर्शिता नै भएन । हामी समेत जोडिएकाले अस्पताल र रवि मिलेर सहयोग रकम खाइदिए भन्ने सन्देश गएको छ ।’

सबै दाताहरूको नाम सार्वजनिक गर्दा उठेको रकम बाहिर देखिने हुँदा रविले यसो गर्न नचाहेको अनुमान छ । उसो त हरेक क्रियाकलाप फेसबुक लाइभबाट जानकारी दिने उनले अस्पताल छाडेको विषय र आर्थिक संकलनका विषयमा एक शब्द वोलेका छैनन् ।

देखावटी रूपमा भने आर्थिक सहयोग दाताहरू र सर्वसाधारणमाझ बिरामीको उपचार आफूले गरिहरेको भ्रम छर्ने गरेको अस्पतालका कर्मचारीहरु वताउँछन् । 

रवि लामिछानेले निःशुल्क उपचारको नाममा ‘रवि फाउन्डेसन’को नाममा देशविदशेबाट सहयोग जुटेको छ। पहिले अस्पताल प्राङ्गणमा उनको समूहको ब्यानर पनि नै झुण्ड्याईएको थियो । तर, पछिल्ला दिनमा अस्पतालमा परिसरमा रवि र उनको समूहको उपस्थिति पनि छैन। 

अस्पतालमा सयौँ जनाको उपचार गरिरहेको प्रचार गर्दै आएका रवि र उनको समूह अहिले कसैको पनि फोन उठ्ने नगरेको पीडितहरू बताउँछन् । जेठको अन्तिम साताबाट अस्पताल आउन छाडेका उनले जेठ ३० गते अस्पताललाई जानकारी पत्र लेख्दै सहकार्य ताडेको जानकारी गराएका छन् ।

यता रवी लामिछानेको भरोसामा परेका सर्वसाधाराण्को भने विचिल्ली भएको छ । जनमैत्री अस्पतालमा उपचार गराईरहेकी मोरङ केचनाकी ४२ बषिया सावित्रा राई अस्पतालवाट डिस्चार्ज भएको एक साता भयो । तर ४ लाख रुपैयाँ तिर्न नसक्दा अस्पतालले घर जान दिएको छैन ।

१८ जेठमा भर्ना भएकी सावित्राको उपचारका लागि परिवारले ४५ हजार बुझाएको छ । तर अझै ३ लाख ८८ हजार रुपैयाँ ४ सय १५ रुपैयाँ तिर्नुपर्ने भन्दै अस्पतालले बिरामी बन्धक भएको उनका छोरा मन्जित  बताउँछन् ।

दोलखाका जिरी ९ का ४२ बर्षिय दीपक गुरुङलाई पनि अस्पतालले बन्धक बनाएको छ । ज्याला मजदुरी गर्ने उनी अस्पताल भर्ना भएको महिना दिन भयो । जेठ ६ गते भर्ना भएका उनी निको भएर अस्पतालले डिस्चार्ज गरिसकेको छ । तर, प्रशासनले ६ लाख ८९ हजार ८५० अस्पतालको शुल्क र १ लाख ४८ हजार ९५ औषधिको शुल्क गरी ८ लाख ३७ हजार ९ सय ५० को बिल नतिरेसम्म जान नदिने बताएपछि उनी अस्पतालमै वन्धक वनेका छन्।

कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि ‘सरकार नभए पनि हामी छौँ’ भन्दै सहयोग सङ्कलन गरेका रवि लामिछानेको भरोसामा पर्दा आफुहरुको विचल्ली भएको दुवै जनाको गुनासो छ । 

रवि लामिछाने आफैँले बोलाएर उपचारको लागि आएको बताउने उनीहरु अहिले पनि बन्धकमै छन् । रवि लामिछाने भने अहिले अस्पतालमै आउन छोडेको र फोन समेत उठाउन छोडेको उनीहरुको भनाई छ।

रविकै समूहका डीपी अर्यालले भले उल्टो धम्की दिँदै आएको बिरामीका आफन्त गुनासो गर्छन् । आफूहरूसँग पैसा नभएको र केही सहयोग गरिदिन आग्रह गर्दा धम्की आएको बताउँदै मन्जिब भन्छन् –‘डीपी सरले उल्टो धम्की दिनुभयो । के गर्न सक्छन् गर भन्ने खालको अभिव्यक्ति दिनुभयो । स्वास्थ्य मन्त्रालय जाऊ कि पैसा नतिरीकन भागे हुन्छ भन्नुभयो ।’ नेपाल आज बाट साभार 

प्रतिक्रिया