Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

असारमा पत्रकार रिजाउन मुख्यमन्त्री कार्यालयको २५ हजार अफर !

असारमा पत्रकार रिजाउन मुख्यमन्त्री कार्यालयको २५ हजार अफर !

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेशले असार मसान्तमा पत्रकार रिजाउन समाचार लेखे वापत २५ हजार रकम दिने भएको छ । मुख्यमन्त्री कार्यालयद्धारा संचालित विभिन्न कार्यक्रमको सकारात्मक समाचार लेखिदिए वापत कर्णालीका ११ जना पत्रकारलाई नगद २५ हजारका दरले रकम दिने अफर ल्याएको हो ।

जसमा सुर्खेतमा बसेर पत्रकारिता गर्दै आएका ९, रुकुमपश्चिम १ र कालिकोटमा बसेर पत्रकारिता गर्ने १ जनालाई कार्यक्रमको कथा लेखे वापत प्रति कथाको २५ हजार भुत्तानी दिने निर्णय गरिएको छ ।

मुख्यमन्त्री कार्यालयले मापदण्डविनै सुटुक्क समाचार लेखे वापत रकम दिने निर्णय गरेपछि विधि र पद्धतिबारे कर्णालीका क्रियाशिल पत्रकारले प्रश्न उठाएका छन् । ‘समाचार लेखे वापत पत्रकारलाई रकम दिने निर्णयप्रति हाम्रो आपत्ती होइन । तर पत्रकार छनोटको आधार, मापदण्ड र विधि सही हुनु परेन ?’ एक पत्रकारले भने ‘सुुटुक्कै पत्रकार छनोट गरी समाचर लेखे वापत रकम बाँड्ने निर्णय ठिक होइन ।’

यता विना जानकारी आफुलाई समाचार लेखे वापत रकम दिने निर्णय गरेकोप्रति आपत्ती जनाउँदै छनोटमा परेका पत्रकार नगेन्द्र उपाध्याय र शेरबहादुर थापाले प्रस्ताव अस्विकार गरेका छन् । भने धेरै क्रियाशिल पत्रकारले सुटुक्क गरेको निर्णय ठिक नभएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी गरिरहेका छन् ।

असार मसान्त सकिनै लाग्दा २० गते आइतबार मात्रै समाचार लेखेर पैंसा लिन भन्दै मुख्यमन्त्री कार्यालयबाट ११ जना पत्रकारलाई इमेल आएको हो । विभिन्न वाहाना गर्दै अन्य समयमा थप्प पारिएका विकास काम असार मसान्तमा धमाधम भइरहेका छन् ।

असारे विकास र पत्रकारलाई २५ हजारको अफरबारे नागरिक स्तरबाट पनि आलोचना भइरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको [email protected] मेलबाट ११ जना पत्रकारको ईमेलमा पठाइएको छ ।

तर कार्यालयका कानून सचिव शंकरबहादुर केसीले यो विषयमा थाहा नभएको प्रतिक्रिया दिए । ‘कुनै मापदण्डविना एक्काशी कसैलाई रकम बाड्न त मिल्दैन्, तर कुनै कार्यविधि वा मापदण्डमा रहेर काम गर्नुपर्छ,’ सचिव केसीले भने, ‘यस बारेमा बुझेपछि मात्रै यथार्थ जानकारी तपाईलाई दिनसक्छु ।’ नेपालि रैबार बाट साभार 

प्रतिक्रिया