Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

असारमा पत्रकार रिजाउन मुख्यमन्त्री कार्यालयको २५ हजार अफर !

असारमा पत्रकार रिजाउन मुख्यमन्त्री कार्यालयको २५ हजार अफर !

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेशले असार मसान्तमा पत्रकार रिजाउन समाचार लेखे वापत २५ हजार रकम दिने भएको छ । मुख्यमन्त्री कार्यालयद्धारा संचालित विभिन्न कार्यक्रमको सकारात्मक समाचार लेखिदिए वापत कर्णालीका ११ जना पत्रकारलाई नगद २५ हजारका दरले रकम दिने अफर ल्याएको हो ।

जसमा सुर्खेतमा बसेर पत्रकारिता गर्दै आएका ९, रुकुमपश्चिम १ र कालिकोटमा बसेर पत्रकारिता गर्ने १ जनालाई कार्यक्रमको कथा लेखे वापत प्रति कथाको २५ हजार भुत्तानी दिने निर्णय गरिएको छ ।

मुख्यमन्त्री कार्यालयले मापदण्डविनै सुटुक्क समाचार लेखे वापत रकम दिने निर्णय गरेपछि विधि र पद्धतिबारे कर्णालीका क्रियाशिल पत्रकारले प्रश्न उठाएका छन् । ‘समाचार लेखे वापत पत्रकारलाई रकम दिने निर्णयप्रति हाम्रो आपत्ती होइन । तर पत्रकार छनोटको आधार, मापदण्ड र विधि सही हुनु परेन ?’ एक पत्रकारले भने ‘सुुटुक्कै पत्रकार छनोट गरी समाचर लेखे वापत रकम बाँड्ने निर्णय ठिक होइन ।’

यता विना जानकारी आफुलाई समाचार लेखे वापत रकम दिने निर्णय गरेकोप्रति आपत्ती जनाउँदै छनोटमा परेका पत्रकार नगेन्द्र उपाध्याय र शेरबहादुर थापाले प्रस्ताव अस्विकार गरेका छन् । भने धेरै क्रियाशिल पत्रकारले सुटुक्क गरेको निर्णय ठिक नभएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी गरिरहेका छन् ।

असार मसान्त सकिनै लाग्दा २० गते आइतबार मात्रै समाचार लेखेर पैंसा लिन भन्दै मुख्यमन्त्री कार्यालयबाट ११ जना पत्रकारलाई इमेल आएको हो । विभिन्न वाहाना गर्दै अन्य समयमा थप्प पारिएका विकास काम असार मसान्तमा धमाधम भइरहेका छन् ।

असारे विकास र पत्रकारलाई २५ हजारको अफरबारे नागरिक स्तरबाट पनि आलोचना भइरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको [email protected] मेलबाट ११ जना पत्रकारको ईमेलमा पठाइएको छ ।

तर कार्यालयका कानून सचिव शंकरबहादुर केसीले यो विषयमा थाहा नभएको प्रतिक्रिया दिए । ‘कुनै मापदण्डविना एक्काशी कसैलाई रकम बाड्न त मिल्दैन्, तर कुनै कार्यविधि वा मापदण्डमा रहेर काम गर्नुपर्छ,’ सचिव केसीले भने, ‘यस बारेमा बुझेपछि मात्रै यथार्थ जानकारी तपाईलाई दिनसक्छु ।’ नेपालि रैबार बाट साभार 

प्रतिक्रिया