Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सोमबारदेखि टिकापुरमा ३ वर्षीय बालक बेपत्ता

सोमबारदेखि टिकापुरमा ३ वर्षीय बालक  बेपत्ता

कैलालीको टीकापुर नगरपालिका १ ब्लक नं. ८ का तीन वर्षीय एक नाबालक सोमबारदेखि वेपत्ता छन् । सोमबार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदीसँगै गएका दिलीप विष्टका ३ वर्षीय छोरा विवेक विष्ट बेपत्ता भएका हुन् ।

उनका आफन्त बमबहादुर विष्टका अनुसार दिदीसँगै जामुन खाएर फर्किएका उनी नजिकै रहेको आफन्तको घर जान्छु भन्दै गएका थिए । छोरा लिन आफन्तको घर जाँदा त्यहाँ विवेक नभेटिएपछि आफन्तले खोजी तीब्र पारेका छन्।

इलाका प्रहरी कार्यालय टीकापुरमा बालकको खोजीका लागि आग्रह गरिएको भए पनि ढिलो गरी प्रहरी परिचालन भएको आफन्तले आरोप लगाएका छन् । ‘करिब १ बजेको समयमा प्रहरीलाई खबर गरेका थियौं, दुईजना प्रहरीलाई मात्रै खटाए,' विष्टले भने, ‘साँझ साढे ५ बजे आफै प्रहरी कार्यालयमा पुगेर डिएसपी प्रकाश सापकोटालाई भनेपछि मात्रै प्रहरी परिचालन भएको हो ।’

पटक पटक फोन गर्दा समेत इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी सापकोटाले फोन रिसिभ गरेका नगरेको उनीहरुको आरोप छ। नाटकीय रुपमा नाबालक हराएपछि खोजीका भन्दै सोमबार रातिदेखि नै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारी टीकापुरमा खटिएका छन् । टीकापुर एसपी अधिकारीको गृहनगर हो । 

मंगलबार बिहानदेखि दुई वटा कुकुरको प्रयोग गरेर एसपी अधिकारीको टोलीले अनुसन्धान सुरु गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी सापकोटाले नाबालकको अवस्थाबारे अहिलेसम्म केही पत्ता नलागेको बताए । उनले भने, ‘एसपी साप समेत यही हुनुहुन्छ, हामी घटनाको अनुसन्धान गरिरहेका छौं ।’

घर नजिकैबाटै दिनदहाडै बालक नाटकीयरुपमा हराएपछि यस क्षेत्रका बालबालिका तथा अभिभावकमा त्रास फैलिएको छ । ‘बच्चा हराएको घटनापछि हामी र हाम्रा बालबालिका निकै डराएका छौं,'स्थानीय दीपक विष्टले भने, ‘दिनदहाडै यसरी घर नजिकैबाट नाबालक हराएपछि बालबालिकामा समेत त्रास फैलिएको छ, उनीहरु घरबाट बाहिर निस्किनै डराइ रहेका छन् ।’

प्रतिक्रिया