ताजा अपडेट
सोमबारदेखि टिकापुरमा ३ वर्षीय बालक बेपत्ता
कैलालीको टीकापुर नगरपालिका १ ब्लक नं. ८ का तीन वर्षीय एक नाबालक सोमबारदेखि वेपत्ता छन् । सोमबार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदीसँगै गएका दिलीप विष्टका ३ वर्षीय छोरा विवेक विष्ट बेपत्ता भएका हुन् ।
उनका आफन्त बमबहादुर विष्टका अनुसार दिदीसँगै जामुन खाएर फर्किएका उनी नजिकै रहेको आफन्तको घर जान्छु भन्दै गएका थिए । छोरा लिन आफन्तको घर जाँदा त्यहाँ विवेक नभेटिएपछि आफन्तले खोजी तीब्र पारेका छन्।
इलाका प्रहरी कार्यालय टीकापुरमा बालकको खोजीका लागि आग्रह गरिएको भए पनि ढिलो गरी प्रहरी परिचालन भएको आफन्तले आरोप लगाएका छन् । ‘करिब १ बजेको समयमा प्रहरीलाई खबर गरेका थियौं, दुईजना प्रहरीलाई मात्रै खटाए,' विष्टले भने, ‘साँझ साढे ५ बजे आफै प्रहरी कार्यालयमा पुगेर डिएसपी प्रकाश सापकोटालाई भनेपछि मात्रै प्रहरी परिचालन भएको हो ।’
पटक पटक फोन गर्दा समेत इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी सापकोटाले फोन रिसिभ गरेका नगरेको उनीहरुको आरोप छ। नाटकीय रुपमा नाबालक हराएपछि खोजीका भन्दै सोमबार रातिदेखि नै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारी टीकापुरमा खटिएका छन् । टीकापुर एसपी अधिकारीको गृहनगर हो ।
मंगलबार बिहानदेखि दुई वटा कुकुरको प्रयोग गरेर एसपी अधिकारीको टोलीले अनुसन्धान सुरु गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी सापकोटाले नाबालकको अवस्थाबारे अहिलेसम्म केही पत्ता नलागेको बताए । उनले भने, ‘एसपी साप समेत यही हुनुहुन्छ, हामी घटनाको अनुसन्धान गरिरहेका छौं ।’
घर नजिकैबाटै दिनदहाडै बालक नाटकीयरुपमा हराएपछि यस क्षेत्रका बालबालिका तथा अभिभावकमा त्रास फैलिएको छ । ‘बच्चा हराएको घटनापछि हामी र हाम्रा बालबालिका निकै डराएका छौं,'स्थानीय दीपक विष्टले भने, ‘दिनदहाडै यसरी घर नजिकैबाट नाबालक हराएपछि बालबालिकामा समेत त्रास फैलिएको छ, उनीहरु घरबाट बाहिर निस्किनै डराइ रहेका छन् ।’
सम्बन्धित समाचार
ताजा अपडेट
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
-
अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ?
प्रतिक्रिया