ताजा अपडेट
एक बर्ष नपुग्दै साफेँ मार्तडी सडक ताप्रिसेराको पक्की पुल खोलाले बगायो
साउन, ५ बाजुरा
अछाम — साँफे–मार्तडी सडकअन्तर्गत बूढीगंगा नगरपालिका–२ ताप्रिसेरामा रहेको पक्की पुल खोलाले बगाएपछि बाजुरा जिल्लामा सवारी आवागमन ठप्प भएको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार आइतबार रातिको अविरल वर्षासँगै घट्टेखोलामा बाढी आउँदा पुल बगेर बूढीगंगा नदीमा मिसिएको हो । ‘अब बाजुरामा सवारीसाधन पूर्ण रूपमा बन्द भएको छ । मार्तडीबाट सरोकारवाको टोली हिँडेरै घटनास्थल पुगेको हो,’ उनले भने, ‘अम्कोटदेखि मार्तडीसम्म दसभन्दा बढी ठाउँमा पहिरो गएको छ ।’
त्यस्तै ताप्रिसेरासँगै जोडिएको अमकोट–द्वारीमा यसअघि नै पहिरो खसेको थियो । उक्त खण्डमा १३ दिनदेखि नै सवारी आवागमन रोकिएको थियो ।पहिरोले अवरुद्ध साँफे–मार्तडी खण्डमा यातायात खुलाउन आजदेखि काम थालिएको छ । अविरल वर्षासँगै खसेको पहिरोले बुढीगंगा नगरपालिकाको अम्कोटमा सडक भासिएको थियो । भत्किएको सडक मर्मत गर्न सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।


सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया