ताजा अपडेट
एमालेमा सहमतिको खाका कोरिएको कार्यदलका नेताहरुको दावी, शिर्ष तहमा सहमित भएपछि आज सार्वजनिक गरिने
नेकपा एमालेको कार्यदलले पार्टीको आन्तरिक विवाद समाधान गर्दै सहमतिको खाका कोरेको दावी गरिएको छ ।
हिजोको बैठकमा सहमति जुटेको र आज शिर्ष तहमा छलफल भएपछि उक्त सहमति सार्वजनिक गरिने कर्यादलका नेताहरुले बताएका छन्।
तर मुख्य विवादमा के कस्तो सहमति जुटाइयो भन्नेबारे नेताहरुले खुलाएका छैनन् । कार्यदलको बैठक आज पनि बस्दै छ ।
हदरबारस्थित र्अथ मन्त्रालयमा आज बिहान बस्ने बैठकले सबै विषयमा सहमति जटाउने कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।
कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट संयोजकसमेत रहनुभएका नेता नेम्वाङले विवाद टुंगिए बराबर भएको प्रतिक्रिया दिनुभएको छ ।
यस्तै, कार्यदलमा नेता माधवकुमार नेपाल पक्षबाट संयोजक रहेका नेता भीम रावलले पनि आफूहरु सहमतिको अन्तिम विन्दुमा पुगेको बताउनुभएको छ ।
एमाले कार्यदलले अदालतमा विचाराधिन विषयमा मौन बस्दै सहमतिको खाका कोरेको बताईएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसमबनधी मुद्दामा भोलि फैसला सुनाउने संभावना छ ।
त्यसअघि नै एमालेको आन्तरिक विवाद मिलाएर सार्वजनिक गर्ने तयारी गरिनुलाई अर्थपूर्ण मानिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया