Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

राष्ट्रपतिको 'भद्दा व्यवहार'

राष्ट्रपतिको 'भद्दा व्यवहार'

संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ। चेतना भया।’ राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबहादुर देउवालाई सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री नियुक्त गरेको जनाएपछि डा. देवेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा लेखेको अंश हो यो। नियुक्तिपत्र संविधानको धारा उल्लेख नगरी अदालतको आदेशबाट भन्ने मात्र उल्लेख गरेपछि देउवाले नसच्याएसम्म शपथ नलिने अडान लिए।  

शपथ लिन तोकिएको पूर्वनिर्धारित समयभन्दा झन्डै साढे दुई घण्टापछि मात्र राष्ट्रपति भण्डारी नियुक्तिपत्र सच्याउन तयार भइन्। शपथमा सर्वोच्च अदालतको आदेश र संविधानको ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भन्ने बेहोरा राखिएको राष्ट्रपति कार्यालयका सचिवले उच्चारण गरे। नियुक्तिपत्रलाई लिएर राष्ट्रपति भण्डारी र नयाँ प्रधानमन्त्री देउवाबीचको तिक्तता त्यतिमा मात्र सीमित रहेन। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराइन्। तर, मुलुकको राष्ट्राध्यक्ष र सरकार प्रमुखबीच बोलचाल भएन, आँखा पनि जुधेनन्। नयाँ प्रधानमन्त्रीलाई राष्ट्रपतिले बधाई दिने औपचारिकतासम्म पूरा गरिनन्। राष्ट्रपतिले विगतको परम्परालाई निरन्तरता दिँदै उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग नयाँ प्रधानमन्त्रीलाई चिनाउने कुरा त झनै टाढाको विषय बन्यो।

राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दा र शपथ गराउँँदा देखाएको भद्दा र असहज व्यवहार महान्यायाधिवक्ताको शपथमा पनि देखाइन्। राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्ताको शपथ समारोह गर्न उनले इन्कार गरिन्। राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई शपथ गराउने प्रचलन थियो।

शपथ कार्यक्रममा राष्ट्रपतिको उक्त कार्यले नवनियुक्त प्रधानमन्त्री मात्र होइन, समारोह नै असहजजस्तो बन्यो। राष्ट्रपतिको व्यवहारलाई टेलिभिजन हेर्नदेखि समारोहमा उपस्थित कसैले पनि सहज मानेनन्। तर, राष्ट्रपति र प्रधानमन्त्रीबीचको विवाद त्यतिमा मात्र सीमित नहुने देखिएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशप्रति असन्तुष्ट राष्ट्रपति भण्डारीले शुक्रबार महान्यायाधिवक्ताको शपथ राष्ट्रपति भवनमा गर्न र समारोहमा उपस्थित हुनसमेत अस्वीकार गरिन्। यसले राष्ट्राध्यक्ष र सरकारप्रमुखबीचको सम्बन्ध थप चिसिने भएको छ।

‘विद्या भण्डारीले आफू मुलुकको राष्ट्रध्यक्ष (राष्ट्रपति) को भूमिकामा रहेको कुरा नै बिर्सेर प्रधानमन्त्री नियुक्ति र शपथदेखि महान्यायाधिवक्ताको शपथमा सारै भद्दा व्यवहार प्रस्तुत गर्नुभयो,’ कांग्रेसका एक नेताले भने, ‘राष्ट्रपतिका रूपमा उहाँको भूमिका देखिएन। यो दुखद र अशोभनीय पक्ष हो।’  

साढे दुई घण्टा लामो छलफलपछि राष्ट्रपति प्रधानमन्त्रीको नियुक्तिपत्र सच्याउन तयार भए पनि अहिलेसम्म राष्ट्रपति कार्यालयको वेबसाइटमा पुरानै नियुक्तिपत्र राखिएको बताउँदै कांग्रेसका ती नेताले भने, ‘राष्ट्रपतिको भूमिका पार्टी कार्यकर्ताको जस्तो भयो। जुन संघीय लोकतान्त्रिक गणतन्त्रको भविश्यका लागि सुखद होइन। यो शासन व्यवस्थालाई कमजोर बनाउने घटनाकै निरन्तरताका रूपमा महान्याधिवक्ताको शपथ पनि जोडिएको छ।’

राष्ट्रपति भण्डारीले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई पद तथा गोपनीयताको शपथ गराउन अस्वीकार गरेपछि उनले सर्वोच्च अदालतमा नै शपथ लिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले खातीलाई महान्यायाधिवक्तको पद तथा गोपनीयताको शपथ गराए। यसभन्दाअघि यो कार्यक्रम राष्ट्रपति निवासमा राष्ट्रपतिको उपस्थितिमा हुन्थ्यो।  

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले बिहीबार खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्तालाई राष्ट्रपति कार्यालयमा राष्ट्रपतिकै उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ गराएका थिए। विगतदेखि यही प्रचलन रहे पनि यसपटक राष्ट्रपतिले त्यसलाई तोडेकी छन्।  

महान्यायाधिवक्ता खातीले आफू राष्ट्रपति, सरकार प्रमुख दुवैको कानुनी सल्लाहकार भएको र राष्ट्रपतिबाटै नियुक्ति भएको हुँदा शपथ पनि विगतको अभ्यासअनुसार हुनुपर्ने अडान लिएका थिए। तर राष्ट्रपति कार्यालयले त्यसलाई अस्वीकार गर्दै सर्वोच्च अदालतलाई नै परिपत्र गरी उतै शपथ गराउन भनेको स्रोतको दाबी छ। सर्वोच्च अदालतको असार २८ गतेको आदेशले राष्ट्रपति भण्डारीलाई अब थोरै सच्चिएरै कार्यसम्पादन गर्न भने पनि उनले आफू त्यसका लागि तयार नरहेको स्पष्ट सन्देश दिइरहेको भन्दै एक नेताले भने, ‘यसले मुलुकलाई दुर्घटनामा पुर्‍याउन  सक्छ। राष्ट्रपतिले आफ्ना भद्दा काम तत्काल सच्याउनुपर्छ।’

प्रतिक्रिया