Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

झुटो समाचार लेखेर अफवाह नफैलाउन ढकारी गाउँपालिकाको आग्रह - विज्ञप्ति सहित

झुटो समाचार लेखेर अफवाह नफैलाउन ढकारी गाउँपालिकाको आग्रह - विज्ञप्ति सहित

अछामको ढकारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच विवाद भन्ने समाचार निराधार भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर बुढा र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाट द्वारा हस्ताक्षरित बिज्ञप्तीमा घटनाको सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न भनिएको छ ।

साउन १ गतेका दिन यस ढकारी गाउँपालिकाको कार्यालय समय भित्र ७/८ जना स्थानीय बासिन्दाको समूहले मदिरा सेवन गरि कार्यालय प्रमुख राजेन्द्र भाट लाई दादागिरी शैलिमा अपशब्द प्रयोग गर्दै गालीगलौच गरेको विज्ञप्तीमा भनिएको छ । कर्मचारीलाई हातपात समेत गर्न खोजेकाले गाउँपालिकाका कर्मचारी घटना स्थलबाट भागेर आफ्नो ज्यानको सुरक्षा गरेको र पुराना ३/४ बर्ष अगाडि निर्माण गरिएका योजनाको रकम भुक्तानी नदिएको भनी गाउँपालिका कार्यालयमा तालाबन्दी गरि कर्मचारी हरुलाइ असहज वातावरण शृजना गरेको विज्ञप्तीमा उल्लेख छ ।

उक्त क्रियाकलापलाई लिएर विभिन्न सन्चार माध्यमहरुले गाउँपालिका अध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृत बिच झगडा सृजना भएको भनी गलत प्रचारबाजि गरेको हुँदा उक्त समाचार झुटो भएकोले सम्बन्धित सञ्चार माध्यमहरुले वास्तविक तथ्यपरक समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ । अबउपरान्त यस्ता गलत र भ्रामक समाचार नलेख्न आग्रह गर्दै सम्बन्धित समाचार प्रति गाउँपालिकाको आपत्ति रहेको व्यहोरा प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया