Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बालुवाटारे रमिता, आलोपालो आशङ्का

बालुवाटारे रमिता, आलोपालो आशङ्का

कन्टिर–बाबूलाई उनका धेरै शुभचिन्तकले सोधिरहेका छन् सत्तामा नजाउन्जेलसम्म् मात्र त हो नि, नत्र ‘देउबा’ र ‘ओलीबा’मा के अन्तर छ ? वास्तवमा कन्टिर–बाबू यो प्रश्नको जवाफ दिन सकिरहेका छैनन् ।
 
शुभचिन्तकहरू भन्छन्– उनी पनि बा र यिनी पनि बा । कन्टिर–बाबूलाई लाग्छ– हो पनि । यिनलाई यिनको नामैले पनि बा बन्न सघाइरहेको छ, शेरबहादुर देउवा । कुरा खलास नि, नामैले बा बन्ने हैसियत राख्ने ‘शेवदे’को ‘खप्रओ’ले आरिस गरेर भयो ?

बजारकै चर्चा न हो, यतिबेला ओल्बा तातो रिसले जलिरहेका छन् रे, दनदनी । तर वाास्तविकतामा ओल्बा जलुन् या नजलुन्, उनको कुरा उनैले जानुन् । कन्टिर–बाबूको त्यसमा कुनै टिप्पणी छैन ।

कुरो तुलनाको निस्किहाल्यो । कन्टिर–बाबू देउवाबाबूलाई एउटा कुरा सुझाउन चाहिरहेका छन् । तर उनी चश्मा निकाल्दै लगाउँदै गरेर सोचिरहेका छन्– भन्ने कि नभन्ने ?

धेरैको गुनासो छ– देउवाले पनि ओल्बाकै पथ पच्छयाउन खोजेका त होइनन् ? यसै त केही भन्न नसकिएला । जम्मा तीन–चार दिन त भयो देउवाले पाँचौपटक शासनको बागडोर सम्हालेको । अहिले नै यस सम्बन्धमा टिप्पणी गर्नु हतारो हुनेछ सायद । 

काङ्ग्रेसका प्रवक्ताजीले पार्टीको काम सरकारी बङ्गला र स्रोतका आधारमा गर्ने कुरा हिजो गलत थियो र आज ठीक छ भनेर कसरी विज्ञप्ति जारी गर्ने होलान् ? 

कन्टिर–बाबू आन्तरिक गन्थन–मन्थन गर्दै फतफताउँछन्– तर कसैलाई कुनै राम्रो कुरो भन्न, सल्लाह दिन किन आइतबार कुरिरहनु ?

हो, काङ्ग्रेस कार्यकर्ताको ठूलो पङ्क्ति र धेरै जनतालाई हिजो उनले बालुवाटारको सरकारी निवासमा पार्टी पदाधिकारीको बैठक बोलाएको मन परेको छैन । कन्टिर–बाबूलाई पनि एकसुता मन परेको परेन त्यो कुरा । पहिले ओल्बाले पनि यसै गर्थे । आज देउवाले पनि त्यसै गर्न सुरू गरे ।

कन्टिर–बाबूको प्रश्न छ– किन होला ? हिजोको बैठक बालुवाटारमै गर्नुपरेको कारण चाहिँ के थियो ? जननेता बिपीको नाम जोडिएको, त्यत्रो बडेमानको पार्टी कार्यालय खाली नै छ । त्यहाँ पनि नभए नारायणथानकै बङ्गला सिङ्गै छ । जहाँ गरे पनि हुन्थ्यो नि !

हिजो यही गलत प्रवृत्तिको विरोध काङ्ग्रेसले गरेको होइन ? काङ्ग्रेसका प्रवक्ताजीले पार्टीको काम सरकारी बङ्गला र स्रोतका आधारमा गर्ने कुरा हिजो गलत थियो र आज ठीक छ भनेर कसरी विज्ञप्ति जारी गर्ने होलान् ? 

कन्टिर–बाबूलाई बडो औडाहा भइरहेको छ । खयर, हेर्दै जाऊँ ... आगे आगे होता है क्या ?

प्रतिक्रिया

ट्रेन्डिङ