Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बालुवाटारे रमिता, आलोपालो आशङ्का

बालुवाटारे रमिता, आलोपालो आशङ्का

कन्टिर–बाबूलाई उनका धेरै शुभचिन्तकले सोधिरहेका छन् सत्तामा नजाउन्जेलसम्म् मात्र त हो नि, नत्र ‘देउबा’ र ‘ओलीबा’मा के अन्तर छ ? वास्तवमा कन्टिर–बाबू यो प्रश्नको जवाफ दिन सकिरहेका छैनन् ।
 
शुभचिन्तकहरू भन्छन्– उनी पनि बा र यिनी पनि बा । कन्टिर–बाबूलाई लाग्छ– हो पनि । यिनलाई यिनको नामैले पनि बा बन्न सघाइरहेको छ, शेरबहादुर देउवा । कुरा खलास नि, नामैले बा बन्ने हैसियत राख्ने ‘शेवदे’को ‘खप्रओ’ले आरिस गरेर भयो ?

बजारकै चर्चा न हो, यतिबेला ओल्बा तातो रिसले जलिरहेका छन् रे, दनदनी । तर वाास्तविकतामा ओल्बा जलुन् या नजलुन्, उनको कुरा उनैले जानुन् । कन्टिर–बाबूको त्यसमा कुनै टिप्पणी छैन ।

कुरो तुलनाको निस्किहाल्यो । कन्टिर–बाबू देउवाबाबूलाई एउटा कुरा सुझाउन चाहिरहेका छन् । तर उनी चश्मा निकाल्दै लगाउँदै गरेर सोचिरहेका छन्– भन्ने कि नभन्ने ?

धेरैको गुनासो छ– देउवाले पनि ओल्बाकै पथ पच्छयाउन खोजेका त होइनन् ? यसै त केही भन्न नसकिएला । जम्मा तीन–चार दिन त भयो देउवाले पाँचौपटक शासनको बागडोर सम्हालेको । अहिले नै यस सम्बन्धमा टिप्पणी गर्नु हतारो हुनेछ सायद । 

काङ्ग्रेसका प्रवक्ताजीले पार्टीको काम सरकारी बङ्गला र स्रोतका आधारमा गर्ने कुरा हिजो गलत थियो र आज ठीक छ भनेर कसरी विज्ञप्ति जारी गर्ने होलान् ? 

कन्टिर–बाबू आन्तरिक गन्थन–मन्थन गर्दै फतफताउँछन्– तर कसैलाई कुनै राम्रो कुरो भन्न, सल्लाह दिन किन आइतबार कुरिरहनु ?

हो, काङ्ग्रेस कार्यकर्ताको ठूलो पङ्क्ति र धेरै जनतालाई हिजो उनले बालुवाटारको सरकारी निवासमा पार्टी पदाधिकारीको बैठक बोलाएको मन परेको छैन । कन्टिर–बाबूलाई पनि एकसुता मन परेको परेन त्यो कुरा । पहिले ओल्बाले पनि यसै गर्थे । आज देउवाले पनि त्यसै गर्न सुरू गरे ।

कन्टिर–बाबूको प्रश्न छ– किन होला ? हिजोको बैठक बालुवाटारमै गर्नुपरेको कारण चाहिँ के थियो ? जननेता बिपीको नाम जोडिएको, त्यत्रो बडेमानको पार्टी कार्यालय खाली नै छ । त्यहाँ पनि नभए नारायणथानकै बङ्गला सिङ्गै छ । जहाँ गरे पनि हुन्थ्यो नि !

हिजो यही गलत प्रवृत्तिको विरोध काङ्ग्रेसले गरेको होइन ? काङ्ग्रेसका प्रवक्ताजीले पार्टीको काम सरकारी बङ्गला र स्रोतका आधारमा गर्ने कुरा हिजो गलत थियो र आज ठीक छ भनेर कसरी विज्ञप्ति जारी गर्ने होलान् ? 

कन्टिर–बाबूलाई बडो औडाहा भइरहेको छ । खयर, हेर्दै जाऊँ ... आगे आगे होता है क्या ?

प्रतिक्रिया