ताजा अपडेट
भीम रावलले दिए सांसद पदबाट राजीनामा
एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । संसद भवन बानेश्वरमा पुगेर सञ्चारकर्मी समक्ष उनले राजीनामा पत्र पढेर सुनाएका थिए ।
नेपालको राजनीतिक नेतृत्वले नेपाल र नेपालीको शिर निहुराउने काम गरेको रावलले आरोप लगाएका छन् ।
राजनीतिक तहमा देखिएको विवाद समाधान गर्न प्रशस्त मेहनत गरेको भए पनि आफू त्यसमा सफल हुन नसकेको उनले बताए । ‘उच्च राजनीतिक तहमा देखिएको अहम्, प्रतिशोधले दिक्दार भएको छु । विकृत राजनीतिको मतियार हुनुभन्दा अलग हुनु ठीक लागेर राजीनामा दिएँ,’ रावलले पत्रकारहरूसँग भने ।
सभामुख अग्नि सापकोटालाई राजीनामा बुझाउने रावलले बताएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया