Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

एनआरएनएको युरोप संयोजकमा शुक्रराज न्यौपानेको उम्मेदवारी

एनआरएनएको युरोप संयोजकमा शुक्रराज न्यौपानेको उम्मेदवारी

लण्डन – गैर–आवासीय नेपाली संघ (एनआरएनए) को आइसीसी तर्फ युरोप संयोजकमा वर्तमान उपसंयोजक शुक्रराज न्यौपानेले उम्मेदवारी दिने भएका छन् । गणतन्त्र आयरल्याण्डको डब्लिनमा बसोवास गर्दै आएका न्यौपाने हाल युरोपको उपसंयोजक (डीआरसी) हुन् ।

सन् २००९ देखि २०११ कार्यकालका एनआरएनए आयरल्याण्डका अध्यक्ष शुक्रराज न्यौपाने एक सफल युवा व्यवसायीको रुपमा चिनिन्छन् । उनी नेपाल छँदादेखि नै पर्यटन व्यवसायमा संलग्न थिए ।

कमाएर वा प्रसस्त भएर भन्दा पनि आफूसित जे जति छ त्यसको उचित व्यवस्थापन गर्दै समाजसेवामा आफू लागिपरेको न्यौपाने बताउँछन् ।

गैर–आवासीय नेपाली संघ आयरल्याण्ड, संघका पूर्व अध्यक्षहरु, आयरल्याण्डका सबै संघसंस्था र तिनका प्रतिनिधिहरुको बैठक बसी आफूलाई एनआरएनएको युरोप क्षेत्रको नेतृत्व गर्न भनेको आधारमा आफूले उम्मेदवारी दिने तयारी गरेको उनले बताए । उनले भने, “गएको निर्वाचनमा एनआरएन युरोपका सदस्यहरुले मलाई दिएको अपार सहयोग र समर्थन आगामी चुनावमा पनि निरन्तर रहने मेरो विस्वास छ ।”

नेपालीका लागि नेपाली भन्ने एनआरएनएको मूल मन्त्र वर्तमान नेतृत्वपंक्तिको कमजोरीका कारण सेलाउँदै गएको अवस्थामा युरोप क्षेत्रमा यस नारालाई पुनर्ताजगी गराउने र यसलाई नेपालसम्म पुर्याएर परिणाममुलक बनाउने  योजना रहेको शुक्रराज न्यौपानेले बताए ।

प्रतिक्रिया