Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘गद्दार’लाई आदर, परिचालित बाँदर !

‘गद्दार’लाई आदर, परिचालित बाँदर !

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसरमा कन्टिर–बाबू पुष्पलालप्रति सादर नमन गर्छन् । देश र श्रमजीवी जनताको मुक्तिका खातिर राजनीतिका माध्यमबाट उनले पु¥याएको विशिष्ट योगदानको ससम्मान सम्झना गर्छन् ।

कन्टिर–बाबू आफू जुनसुकै सिद्धान्त र विचारबाट प्रेरित वा प्रभावित रहे पनि उनी यसै आधारमा कसैप्रति भेदभाव गर्ने पक्षमा छैनन् । विगतमा गरेनन् र भविष्यमा पनि गर्नेवाला छैनन् । कुनै पनि व्यक्तिको मूल्याङ्कन उसको व्यवहार, विचार र योगदानका आधारमा गरिनुपर्छ भन्ने कन्टिर–बाबूको स्पष्ट मत छ ।

कन्टिर–बाबूको निष्कर्ष छ, यस आधारमा पुष्पलाल उत्कृष्ट कोटीका व्यक्ति थिए, छन् र रहनेछन् । नेपाली कम्युनिस्ट आन्दोलन, नेपाली समाजको रूपान्तरण र राष्ट्र निर्माणका सन्दर्भमा उनको योगदान अतुलनीय छ । 

तर कन्टिर–बाबूलाई दुःख त त्यसबेला लाग्छ जब नेपाली कम्युनिस्ट आन्दोलनका नाममा राजनीति गर्ने केही चाटुकारले पुष्पलालजस्ता निष्ठावान् व्यक्तिलाई ‘गद्दार’ पगरी भिराए । तर के कसैले यस्तो पगरी भिराउँदैमा उनी त्यस्तै कहलिन्छन् त ? पक्कै पनि होइन । आफू जथाभावी गर्ने अनि आफ्नो कमजोरी ढाकछोप गर्न अरूलाई जेपिटी भन्ने ? 

अहिले माधव नेपाल पनि पुष्पलालकै नियति बेहोर्न बाध्य भएको देखिँदै छन् । माधव नेपाललाई ‘गद्दार’ घोषित गर्न अहिले नेकपा एमालेकै एक पङ्क्ति बडो उग्ररूपले लागेको छ । तर कन्टिर–बाबूलाई थाहा छ– आज जो–जो माधव नेपाललाई गद्दार भन्दै छन्, भोलि यिनैले आज पुष्पलालको फोटो पूजा गरे जस्तो नेपालको पूजा गर्ने हुन् ।

यसै क्रममा काठमाडौँमा केही दिनअघि नेपालविरुद्ध हनुमान (बाँदर)हरू परिचालित गरेको र जुलुस निकालेको कुरा अहिले बडो चर्चामा छ । नक्कली हनुमानको जुलुसले सामाजिक सन्जाल तताएको छ । 

यदि यो बेलामा पुष्पलाल जीवित हुन्थे भने उनले पनि अहिले भइरहेको गद्दार घोषणा र बाँदर नाच प्रदर्शनलाई अनौठो मान्ने थिएनन् । 

कन्टिर–बाबूलाई यसपालिको गाईजात्रा छिटै सुरु भएजस्तो लागेको छ । गाउँतिर यस्ता जुलुस भए मकै खाने बॉदर धपाउन सजिलो हुन्थो होला तर सहर–बजारमा यसको खासै काम भएजस्तो लागेन ।

कन्टिर–बाबू भन्छन्– एउटा कुरा निश्चित हो । व्यक्तिले आफूसँग जे छ त्यही देखाउने हो । यस अर्थमा हनुमान हुनेहरूप्रति कन्टिर–बाबूको कुनै गुनासो छैन । उनीहरू जे हुन्, त्यही देखिएका हुन् ।

बाँदरसँग मानिसको स्वभाव मिल्दोजुल्दो भएकाले त्यो बाँदरे व्यवहार प्रदर्शनलाई खासै अस्वाभाविक मानेका छैनन् कन्टिर–बाबूले । 

रह्यो गद्दार भन्ने कुरा । त्यो त समयले प्रमाणित गर्ने कुरामा कन्टिर–बाबू ढुक्कमात्र होइन, दुई सय प्रतिशत विश्वस्त पनि छन् । यदि यो बेलामा पुष्पलाल जीवित हुन्थे भने उनले पनि अहिले भइरहेको गद्दार घोषणा र बाँदर नाच प्रदर्शनलाई अनौठो मान्ने थिएनन् । 

प्रतिक्रिया