Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

पिडा रामारोशन बासीका – हिड्ने बाटो छैन, भाषण सम्बृद्धिका हुन्छन

पिडा रामारोशन बासीका – हिड्ने बाटो छैन, भाषण सम्बृद्धिका हुन्छन

रामारोशन गाउँपालिका घट्टेबगर हुदै नेटाकोट जाने सडक सहित पैदल बाटोमा कैलाश खोला बगिरहेको छ । यो त्यहि ठाउँ हो जहाँ गत बर्ष भदौ २ गते आएको बाढिले पुरै सैनिबजार बगरमा परिणत भएको थियो । हिड्ने बाटो समेत नभएर त्यहाँका स्थानियले कम्ता सास्ती भोगिरहेका छैनन । 

एकजना अन्दाजि १४–१५ बर्षकि आफ्नै नातेदार किशोरीको हात समातेर कम्मर सम्म आउने कैलाशखोला तरेर आएका रामारोशन गाउँपालिका ५ घट्टेबगरका पुर्ण बहादुर साउँद आफु लगाएत सबै गाउबासिले यसरि नै सास्ति भोग्नुपरेको बताउछन । “घरमा सिद्दिएको नुन तेल लगाएतका राशन लिन खालबजार जादै छु,  जाँदा भन्दा नि आउँदा को चिन्ताले सताउछ,  एक्लै तर्न पनि हम्मे हम्मे पर्ने खोलामा भारि बोकेर कसरि तर्नु,  पानी आएर खोला बढ्यो भने त झन किनारको बास हुन्छ ।”  

नेकपा एमालेका पुर्व ईलाका कमिटि सदस्य समेत रहेका साउँदले गत साल को बाढिको पछिल्लो दिन सम्झिदै भने “ हाम्रा नेता भिम रावल सहितको टोलि आयो मेरै गडामा (खेत) हेलिकप्टर बस्यो,  मेरै गडामा (खेत) मन्च बनाएर सोफा लगाईयो, हामिले यो गर्यौ त्यो गर्यौ भनेर भाषण ठोकेर बाँकि रहेका मकैका बोट पनि पुटै पुट भाचेर हेलिकप्टर मा चढेर गए,  समाजमा धेरैले आलोचना गरे भने धेरैले खेतको बालि पहिले नै  भाँचिएको भनेर बचाउ गरे । नेता बसेको बालि बाढि पसेर भाँचिएको भन्ने मान्न सकिन्छ तर मन्च भन्दा माथिका मेरो लहराउदो बालि नेता हेर्न आएको जन मासले भाँचिइएको हिसाब कसले दिने? ?” उनले भावुक हुँदै थपे,  “हामि सबै बिनासकारि बाढिका स्मरण भुल्न तयार छौ,  कम्तिमा हाम्रा लागि पैदल हिड्ने बाटो त सरोकार बालाले बनाईदिनु पर्यो । सडक त अझ निकै परको कुरा भयो ।” 

आमालाई उपचार गराउन मुजाबगर लादै गरेका रामारोशन गाउँपालिका  ६ का २५ बर्षिय दिनेश बुढा पनि हिड्ने बाटो नहुदा जनजिवन निकै कष्टकर भएको बताउछन । “अरुबेला हिडेर ३० मिनेटमा पुगिने आजभोलि ३–४ घण्टा लगाएर हिड्नु पर्छ । बिरामि आमालाई औषधि गर्न लिनु पर्ने अब कतिखेर पुगिने हो थाह छैन बाटो नहुँदा औषधि नपाएर मर्नु पर्ने अवस्था छ । जन प्रतिनिधि भने भाषणको शासन चलाएर बस्या छन,  भाषण मा मात्र ठुला ठुला कुरा गर्छन,  हिड्नलाई बाटो छैन कुरा सम्बृद्धिका सुनिन्छन ।” 

बाटो नहुँदा सैनिबजारमा दैनिक उपभोग्य सामानको कमि त्यस्तै छ भएको सामानको पनि भाउ दोब्बर तेब्बर छ,  आम जनता सदैव मर्कामा परिरहेका छन । रामारोशन गाउँपालिकाका सुचना अधिकारि दल बहादुर साउँदले भने निरन्तर परिरहेको पानीका कारण जे.सि.बि. जान नसकेर नदिको बाटो बनाउन नसकिएको र एक दुई दिन पानी रोकिएको भोलि पल्टै बाटो बनाईने कुरा हाम्रो बुलेटिनलाई बताए ।

बाढि आएपछि हुन त सैनि बजार अवलोकन गर्ने नेताहरुको लाईन नै लाग्यो,  संघका गृह मन्त्रि, प्रदेशका मुख्य मन्त्रि लगाएतको टोलिले हेलिकप्टर बाट अवलोकन गर्यो भने त्यति बेलाका सुदुर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि झपट बोहोरा भने पैदल हिडेर पिडितको घर दैलो सम्म पुगे, सडक भन्दा पनि हिड्ने बाटो चाहियो भन्दै आफु बाढि पिडित क्षेत्रमै रहेर बिस लाख बिनियोजन गरेर पैदल मार्ग निर्माण गर्न लगाएर प्रदेश राजधानी फर्किए तर बजेट अनुरुपको काम नहुने परिपाटिले उक्त बिस लाख पनि कैलाश खोलाको पानीमा बगाए जस्तै भयो । आर्थिक बर्ष सकिनै लाग्दा  रामारोशन गाउँपालिकामा तटबन्धन का ५१ टुक्रे योजना आए दुई चार दिन बिल पास गर्न लाई काम पनि भयो तर बिकाश मुखि भन्दा पनि बजेट मुखि योजना हुँदा उक्त ३ करोड भन्दा बढि रकम पनि कैलाश खोलामा बगाए सरह भयो ।
 

प्रतिक्रिया