Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

बल्याक एन्जल्सका युवाहरुले गरे रक्तदान

बल्याक एन्जल्सका युवाहरुले गरे रक्तदान

साफेबगर पोलिक्लिनिक को प्राङ्गडमा  रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।  बल्याक एन्जल्स युवा क्लब साफेबगरको  आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष दशरथ कुँवरले  जानकारी दिए ।

पछिल्लो समय  अछाम लगायत देशभर रगत अभाव भइरहेका बेला बल्याक एन्जल्स फुटबल युवा साफेबगरले रक्तदान गर्न आम नागरिकलाई आह्वानसमेत गरेको छ । क्लवका प्रवक्ता योगेश कुँवरले रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

बल्याक एन्जल्स युवा क्लब साफेबगरले जेष्ठ  गत वर्ष कोरोना कहरको समयमा साफेबगर नगरपालिका ३  नवराज ओडको घर निर्माण गरेको थियो । सदैव समाजमा एक पछी अर्को उदाहारणिय कार्य गर्दै आईरहेका युवाहरुले आगामी दिनमा पनि समाजमा आवश्यक परका हरेक क्षेत्रमा आफूहरुबाट हुनसक्ने सहयोगका लागि आफुहरु तयार रहेको बताए ।

साफेबगर पोलोक्लिनिक को सहकार्यमा ब्लयाक एन्जल्स युवा क्लब को आयोजनामा बयालपाटा अस्पताललाई हस्तान्तरण गर्ने गरि रक्तदान कार्यक्रम  गरिएको थियो । कार्यक्रममा ब्लयाक एन्जल्स युवा क्लबको तर्फबाट बिमल कुँवर, आशिश कुँवर, बिरेन्द्र कुँवर, आर्यन के सी,  कमल बि क, दुर्गा धामी, हर्क बिष्ट, महेन्द्र कुँवर, धुर्व कुँवर, सन्तोष तिवारी, कबिन्द्र परियार, दशरथ कुँवर, जयन्द्र कुँवर, रमेश साउँद, हिमाल कुँवर, दिवाकर कुँवर लगाएतले रक्तदान गरेका थिए  ।

प्रतिक्रिया